काठमाडौ । युरोपियन च्याम्पियन्स लिगमा ठूला क्लबलले मिश्रित नतिजा निकालेका छन् । मंगलबार राति भएको खेलमा इङ्लिस क्लब म्यानचेष्टर सिटी र प्र्रmेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पराजित भए । अर्काे इङ्लिस क्लब आर्सनल भने विजयी भयो ।
भ्रमणकारी टोली आर्सनलले इन्टर मिलानलाई घरमै ३–१ ले हराएको हो । सानसिरोमा भएको खेलमा आर्सनलका लागि ग्याब्रिल जेससले दुई गोल गरे । भिक्टर ग्योकेरसले एक गोल थपे । यसअघि इन्टरका पेटर सुसिकले गोल गरेपनि टोलीले घरेलु मैदानमा हार टार्न सकेन ।
प्रतियोगिताको इतिहासकै खराब प्रदर्शन गरेको सिटी बोडो-गिल्म्टहो सँग ३–१ को लज्जास्पद हार बेहोर्न पुग्यो । अर्काे खेलमा रियाल मड्रिडले मोनाकोलाई ६–१ ले पराजित गर्याे । पिएसजी पनि स्पोर्टिङ लिस्वनसँग २–१ ले नै पराजित भयो ।
अन्य खेलमा क्लब ब्रुगले काइराट अल्माटीलाई ४–१, ओलम्पियाकोजले बायर लेभरकुजनलाई २–० र आयाक्सले भिल्लारियललाई २–१ हरायो । कोपनहेगन र नेपोलीले १–१ को बराबरी खेले । टोटनहमले बोरुसिया डर्टमुन्डलाई २–० ले हरायो ।
लगातार सात खेलमा जित निकालेको आर्सन अपराजित रहँदै २१ अंक जोडेको छ । रियाल समान १५ अंकको बार्यनलाई गोल अन्तरमा पछि पार्दै दोस्रो स्थानमा छ । टोटनहम १४ अंकसहित चोथो र समान १३ अंक भएपछि सबैलाई पछि पार्दै पिएसजी पाँचौं स्थानमा छ ।
