काठमाडौं । एनएसजेएफ पल्स स्पोट्र्स अवार्ड २०८१ मा नेपाली एथलेटिक्सको जग बसाएका प्रशिक्षक खड्ग रानाभाट लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् ।
बुधबार पोखरास्थित प्रदेश सभागृहमा आयोजित अवार्ड समारोहमा रानाभाटले लाइफ टाइम एचिभमेन्ट पुरस्कार जितेका हुन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने अवार्ड कुल १० विधामा प्रदान गरिने छ ।
नेपाली खेलकुदको सबैभन्दा ठूलो उपलब्धी भनेको सन् १९८७ मा भारतको कोलकातामा भएको तेस्रो दक्षिण एसियाली खेलकुदमा बैकुण्ठ मानन्धरको ऐतिहासिक प्रदर्शन हो । म्याराथनमा मानन्धरले दुई घण्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान बनाएका थिए, जुन अहिलेसम्म तोडिएको छैन। त्यस प्रतियोगितामा सहभागी नेपाली टिमका प्रशिक्षक थिए, रानाभाट ।
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सबैभन्दा प्रतिष्ठित र सम्मानित विधा हो, लाइभ टाइफ एचिभमेन्ट अवार्ड । अर्थात पूरा जीवन नेपाली खेलकुदलाई समर्पित गर्नेलाई दिइने अवार्ड ।
