असार १४, २०८२ शनिबार | १२:०४:५६
एसियन कप अभियान : गीतामाथिको त्यो विश्वास जितको भोकसँगै ऐतिहासिक अवसर खोज्दै महिला फुटबलर ट्वान्टी-२० विश्वकपको लक्ष्यमा नेपाली टोली आत्मकथा शृंखला-६ः सबैले चल्तीका सबै खेल खेल्ने जमाना खेलाडी किनबेचमा व्यस्त च्याम्पियन लिभरपुल किंग्स कलेजलाई सायम फुटसलको उपाधी राष्ट्रिय महिला ह्यान्डबलः सेमिफाइनल समीकरण पूरा आफूमाथि लागेका आरोप झुटा र निराधार रहेको एनओसीको दाबी नेपालले अस्ट्रेलियामा अभ्यास गर्ने ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटका लागि नयाँ पावर प्ले नियम एसियन कप अभियान : गीतामाथिको त्यो विश्वास जितको भोकसँगै ऐतिहासिक अवसर खोज्दै महिला फुटबलर ट्वान्टी-२० विश्वकपको लक्ष्यमा नेपाली टोली आत्मकथा शृंखला-६ः सबैले चल्तीका सबै खेल खेल्ने जमाना खेलाडी किनबेचमा व्यस्त च्याम्पियन लिभरपुल किंग्स कलेजलाई सायम फुटसलको उपाधी राष्ट्रिय महिला ह्यान्डबलः सेमिफाइनल समीकरण पूरा आफूमाथि लागेका आरोप झुटा र निराधार रहेको एनओसीको दाबी नेपालले अस्ट्रेलियामा अभ्यास गर्ने ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटका लागि नयाँ पावर प्ले नियम

एनओसीमा पुलिस, साग तयारीको बैठक प्रभावित

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग)को १४औं संस्करणमा सहभागिताको प्रारम्भिक छलफल गर्न नेपाल ओलम्पिक कमिटी (एनओसी) ले शुक्रबार बोलाएको राष्ट्रिय खेलकुद संघहरुबीचको बैठक सरकारी हस्तक्षेपका कारण अबरुद्ध भएको छ ।

एनओसीले शुक्रबार दिउँसो २ बजेका लागि सातदोबाटोस्थित आफ्नो भवनमा विभिन्न राष्ट्रिय खेलकुद संघहरुसँग आउँदै गरेको १४औं सागमा कुन कुन खेल राख्न प्रस्ताब गर्ने भन्ने विषयमा छलफल गर्न बैठक बोलाएको थियो । तर, युवा तथा खेलकुद मन्त्रालयले गृह मन्त्रालयमार्फत प्रहरी परिचालन गरेर बैठक स्थलमा कसैलाई छिर्न नदिएपछि बैठक अबरुद्ध भएको एनओसीले जनाएको छ ।

प्रहरीको टोलीले एनओसी भवनमा बिहानै देखि कसैलाई पनि भित्र प्रवेश गर्न दिएको थिएन । गत पुस १३ गते अदालतको आदेशको अवज्ञा गर्दै विधान विपरित एनओसीले चुनावी साधारण सभा सम्पन्न गरेको सकारी पक्षको आरोप छ । यस विषयमा अदालतमा मुद्धा बिचाराधिन छ । अदालतको स्टे अर्डरका बावजुद एनओसीले विधान संशोधन गरेर अध्यक्ष र महासचिवमा दुई कार्यकाल मात्र बस्न पाउने व्यवस्थामा संशोधन गरेको थियो । त्यसपछि पनि अदालतको स्टे अर्डर थाहा नपाएको बहाना गर्दै एनओसीले निर्वाचन गरेको थियो । जहाँ जीवनराम श्रेष्ठलाई अध्यक्षमा तेस्रो कार्यकालका लागि निरन्तरता दिँदै एनओसीको नयाँ कार्यसमिति चयन भएको थियो ।

युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद एनओसीका दुवै साधारणसभाको विपक्षमा थिए । मन्त्रालय र परिषदले विवादास्पद साधारणसभामा भाग नलिन संघहरुलाई निर्देशन दिएका थिए । साधारणसभापछि पनि निर्वाचनमा भाग लिएका संघ तथा तिनका पदाधिकारीलाई तत्काल राजीनामा दिन निर्देशन जारी गर्दै मन्त्रालयले निर्देशन नमाने कार्वाही गर्ने चेतावनी दिएको थियो । मन्त्रालयको यही निर्देशनपछि फुटबल संघको प्रतिनिधित्व गर्दै निर्वाचनमा भाग लिएर सदस्य बनेका मनिष जोशीले राजीनामा दिएका थिए ।

दक्षिण एसियाली ओलम्पिक काउन्सिल एवं पाकिस्तानको राष्ट्रिय ओलम्पिक कमिटीले संयुक्त रुपमा यही फेब्रुअरी २५ र २६ गते लाहोरमा साग राष्ट्रहरुका ओलम्पिक कमिटीका प्रतिनिधिहरुबीच बैठकको आयोजना गरेको छ । यसमा सहभागिताका लागि दक्षिण एसियाली ओलम्पिक कमिटीले एनओसीलाई पत्र पठाइसकेको छ ।

बैठकको मुख्य एजेन्डा साग खेलकुदको आयोजना मिति, सम्बन्धित खेल, खेल स्थल, र अन्य विभिन्न प्राविधिक कुरामाथि छलफल गरेर निर्णय गर्नु रहेको छ ।

यही बैठकमा नेपालको तर्फबाट कुन कुन खेल राख्न प्रस्ताब गर्ने भन्ने विषयमा छलफल गर्न एनओसीले आफ्ना सदस्य संघहरुलाई बोलाएको थियो । यसअघि एनओसीले राष्ट्रिय खेलकुद परिषदलाई नेपालको तर्फबाट कुन कुन खेल राख्न प्रस्ताब गर्ने भनेर पत्र पठाएको थियो । परिषदले त्यसको जवाफ नदिएपछि आफै संघहरुसँग छलफल गर्न बैठक बोलाइएको एनओसीका महासचिव राजीव श्रेष्ठले जानकारी गराए ।

‘नेपाली खेलकुद र खेलाडीहरुका लागि साग भनेको सबभन्दा महत्व राख्ने खेल मेला हो । हामीले ठूला पदक जित्ने व्यवहारिक सम्भावना भएको अन्तर्राष्ट्रिय प्रतियोगिता नै साग हो । यसअर्थमा यो हाम्रा लागि ओलम्पिक जस्तै हो । हामीले पाकिस्तानबाट बैठकको निमन्त्रणा आउनेवित्तिकै राष्ट्रिय खेलकुद परिषदसँग कुन कुन खेल राख्न प्रस्ताब गर्ने भनेर सोधेका थियौं । तर राखेपले पूर्ण बेवास्था गरेका कारण आफै संघहरुसँग सल्लाह गर्न बैठक बोलाएका हौं,’ श्रेष्ठले भने, ‘हामीले पदक जित्ने सम्भावना बढि भएका खेलहरु के के हुन भन्ने कुराको पहिचान गरेर त्यहीअनुसार दक्षिण एसियाली अ‍ोलम्पिक काउन्सिलको बैठकमा प्रस्तुत हुने यो गृहकार्य थियो ।’

सरकारले पुलिस परिचालन गरेर बैठक रोक्नुले खेलकुदमा नकारात्मक सन्देश जाने श्रेष्ठको जिकिर थियो । उनले यसबाट सरकार खेलकुद र खेलाडीप्रति जिम्मेवार नदेखिएको बताए ।

‘यस्तो विषयमा सरकारले गम्भीरतापूर्वक जिम्मेवार कदम चाल्नुपर्छ । राजनीतिक लडाईंको बीचमा खेलाडी र खेल प्रभावित हुने खालका कदम सरकारबाट हुनु राम्रो होइन,’ श्रेष्ठले थपे, ‘सरकारका यस्ता कदमबाट सागमा नेपालको सहभागिता समस्यामा पर्न सक्छ । बढि भन्दा बढि पदक जितेर देशको नाम राख्ने अभियानमा धक्का लाग्न सक्छ ।’


भिडियो
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3
पूर्व राष्ट्रिय खेलाडी PRALAYA RAJBHANDARI को प्रश्नः कहाँ गयो हाम्रो पालाको जस्तो फुटबल क्रेज ?
तास्केन्दमा नेपाली टोलीले थाल्यो प्रशिक्षण ll Nepal National Women's Football Team Training
यस्ता छन् AFC ASIAN CUP QUALIFIER खेल्ने NEPALI NATIONAL WOMENS FOOTBALL TEAM का खेलाडीहरु
‘नेपालमा गल्फको प्रचुर सम्भावना छ’ TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL II DEEPAK ACHARYA
HIRA KUMARI BHUJEL र DIPA SHAHI लाई फुटबल खेल्न नपाउँदा चोटको भन्दा बढि पीडा II AFC ASIAN CUP
Deleted video