आश्विन ५, २०८१ शनिबार | ०६:४५:१६
राष्ट्रिय महिला लिगः पहिलो चरणमा विभागीय टोलीकै दबदबा ग्वार्डिओलासामु भविष्यबारे प्रश्न प्रशिक्षकको भूमिकामा जम्दै जीवेश र भोला चर्चा अङ्गीकृत फुटबलरको आरसिटीको नयाँ प्रयोग अलबिदा प्रिय सिलाची राष्ट्रिय भेट्रान च्याम्पियनसिप शनिबारदेखि हुने कुर्दन र समाज सेवा सेमिफाइनलमा ऐरिका एसियाली सिनियर कराते च्याम्पियनसिपको फाइनलमा गण्डकीले ‘ट्यालेन्ट हन्ट’ गर्ने राष्ट्रिय महिला लिगः पहिलो चरणमा विभागीय टोलीकै दबदबा ग्वार्डिओलासामु भविष्यबारे प्रश्न प्रशिक्षकको भूमिकामा जम्दै जीवेश र भोला चर्चा अङ्गीकृत फुटबलरको आरसिटीको नयाँ प्रयोग अलबिदा प्रिय सिलाची राष्ट्रिय भेट्रान च्याम्पियनसिप शनिबारदेखि हुने कुर्दन र समाज सेवा सेमिफाइनलमा ऐरिका एसियाली सिनियर कराते च्याम्पियनसिपको फाइनलमा गण्डकीले ‘ट्यालेन्ट हन्ट’ गर्ने

आजबाट आइपिएलको दोस्रो चरण, पहिलो खेलमा चेन्नई र मुम्बई भिड्ने

दुबई, (खेलाडी)- चेन्नई सुपर किंग्स र मुम्बई इन्डियनबीचको प्रतिस्पर्धासँगै आजबाट इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को दोस्रो चरण सुरु हुँदैछ । आइपिएलका खेलहरु नेपाली समयअनुसार साँझ पौने आठ बजे हुनेछन् ।

संयुक्त अरब इमिरेट्स (युएई)मा हुन लागेको आइपिएल दोस्रो चरणका खेलहरुबाट विभिन्न देशका खेलाडीले लगत्तै युएईमै हुने ट्वान्टी २० विश्वकपका लागि पनि त्यहीँको मैदानमा अभ्यासको मौका पाउनेछन् ।

भारतमा कोभिड १९ को दोस्रो लहरका कारण गत मेमा २९ खेल सकिएको अवस्थामा आइपिएल स्थगित गर्नुपरेको थियो । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले बीचमै रोकिएको लिगका बाँकी ३१ खेल युएई सार्ने निर्णय लिएको थियो । 

गत वर्ष आइपिएलको पूरा सिजन भारतमा कोभिड १९ को महामारी चर्किएका कारण युएईमा गराइएको थियो । गत वर्ष विना कुनै समस्या युएईमा आइपिएल सम्पन्न भएकाले बिसिसिआईले यसपाली पनि प्रतियोगिताका बाँकी खेल समस्यारहित तरिकाले सम्पन्न हुने विश्वास लिएको छ ।

विश्वको सबभन्दा ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आइपिएलमा २०१९ यता पहिलो पटक आजको खेलबाट रंगशालामा दर्शकको उपस्थिती हुने भएको छ । सीमित संख्यामा भए पनि दर्शक राख्न पाउँदा त्यसले प्रतियोगिताको रोमाञ्च अझै थप्ने बिसिसिआईले बताएको छ । 

आइपिएल दोस्रो चरणको सुरुआत गर्ने तयारीमा रहेका मुम्बई र चेन्नईबीच अहिलेसम्म प्रतियोगितामा ३१ पटक खेल भएको छ । जजसमध्ये मुम्बईले १९ खेल जित्दा चेन्नईले भने १२ खेलको नतिजामात्र आफ्नो पक्षमा पार्न सफल भएको छ ।

आइपिएल सकिएलगत्तै ओमान र युएईमा ट्वान्टी २० विश्वकप हुने भएकाले आजबाट सुरु हुने प्रतियोगितालाई विश्व क्रिकेटले निक्कै महत्वपूर्ण रुपमा लिएको छ । यहाँबाट खेलाडीले युएईको ‘कन्डिसन’का साथै २० ओभरको खेलमा अभ्यासको मौका पाउनेछन् भने सम्भावित चोटले कुनै पनि देशको विश्वकप टोलीमा परिवर्तन ल्याउन सक्छ । 

ट्वान्टी २० विश्वकपका लागि सहभागि सबैले आफ्नो टोली घोषणा गरिसकेका छन् । तर अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले अक्टोबर १० सम्म टिममा परिवर्तन गर्न पाउने समयसिमा दिएको छ ।

यसैगरी ट्वान्टी २० विश्वकपपछि २० ओभरको क्रिकेटबाट भारतीय कप्तानको जिम्मेवारी छोड्ने घोषणा गरेका विराट कोहलीका लागि पनि यो आइपिएल निक्कै महत्वपूर्ण हुनेछ । विश्वकपको उपाधि जित्ने सपना पूरा गर्नुअघि उनी रोयल च्यालेन्जर्स बेङ्लोरलाई आइपिएलको पहिलो उपाधि जिताउन चाहन्छन् ।

गतवर्षको दिल्ली क्यापिटल्स पनि आइपिएलमा पहिलो उपाधिको खोजीमा छ । आठ खेलमा १२ अंक जोडेको दिल्ली आइपिएल अंकतालिकाको शीर्ष स्थानमा छ । चेन्नई, बेङ्लोर र पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन दोस्रो, तेस्रो र तेस्रो स्थानमा रहेर दिल्लीलाई पछ्याइरहेका छन् ।

आजबाट प्रतियोगिता सुरु हुँदा पहिलो खेलमै मैदान उत्रिने मुम्बईले अहिलेसम्म सात खेलमा चार जित हासिल गरेको छ । त्यसैले चेन्नईविरुद्धको खेलमा आज जितवाहेकको नतिजाले टोलीको छैटौं उपाधि जित्ने लक्ष्यमा धक्का लाग्न सक्छ । 

चेन्नईले भने गतवर्षको निराशाजनक प्रदर्शनपछि यसपाली लय हासिल गरेको छ । सात खेलमा पाँच जित हासिल गर्दै १० अंक जोडेको टोली अंकतालिकाको दोस्रो स्थानमा छ । युवा खेलाडीहरु ऋतुराज गायकवाड र साम करेनको प्रदर्शन यसपालीको प्रतियोगितामा उच्च स्तरको रहेको छ । यसैगरी स्पिनरहरु इमरान ताहिर, मोइन अली र रविन्द्र जडेजाले पनि प्रभावशाली प्रदर्शन गरेका छन् । मोइन र जडेजाले त ब्याटिङमा पनि राम्रो योगदान गरिरहेका छन् ।

थुप्रै स्टार खेलाडीहरुको साथ रहेको चेन्नई कप्तान महेन्द्रसिंह धोनी र सुरेश रैना पनि फर्ममा फर्किएको हेर्न चाहन्छ । 

मुम्बईको हकमा भने टोलीले सुखद नतिजा निकाल्ने हो भने मध्यक्रमबाट राम्रो प्रदर्शनका साथ पावरप्लेमा बलरहरुबाट प्रभावशाली बलिङ आवश्यक हुन्छ । कप्तान रोहित शर्मा शानदार फर्ममा छन् । यसैगरी सूर्यकुमार यादव, इशान किसन र लेग स्पिनर राहुल चहर विश्वकपको भारतीय टोलीमा स्थान पाएका कारण आत्मविश्वासका साथ मैदान उत्रिने अपेक्षा गरिएको छ । 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024