वैशाख २६, २०८२ शुक्रबार | १६:१२:०७
एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि

नेपालद्वारा केन्यासामू २३१ रनको लक्ष्य

नौरबी । केन्याविरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपालले घरेलु टिमसामू दुई सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

केन्याको राजधानी नौरबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित ४९.२ ओभरमा सबै विकेट गुमाएर दुई सय ३० रनको योगफल तयार गर्यो ।

नेपालको ब्याटिङमा कप्तान रोहितकुमार पौडेलले अर्धसतकीय इनिङ खेले । रोहितले ९५ बलमा सात चौकासहित ७८ रन बनाए । ओपनर देव खनालले ३७ रन बनाए । सोमपाल कामीले टिमको खातामा २६ रन थप्दा ज्ञानेन्द्र मल्लले २५ र बसिर अहमेदले १७ बनाए । यस्तै, आदील अन्सारीले १४ रन बटुल्दा करण केसी ११ रन जोडे ।

केन्याका भिराज पटेल र सेम एन्गोचेले समान दुई विकेट लिए । यसबाहेक, नेहेमिअह ओधिएम्बो, लुकास एन्डान्डासन, जेरार्ड मुथुइ र रकिब पटेलले एक–एक विकेट लिए ।

नेपालले केन्यासँग तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ । यसअघि भएको पहिलो खेलमा नेपालले घरेलु टिमलाई सात विकेटले पराजित गरेको थियो ।

एकदिवसीय शृंखलाअघि यी दुई टिमले पाँच खेलको ट्वान्टी २० शृंखला खेलेका थिए । उक्त शृंखला नेपालले ३-२ ले जितेको थियो ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP