आइसिसी वरीयता

आइसिसी वरीयताः ट्वान्टी २० अलराउन्डरमा दीपेन्द्र यथावत्, एकदिवसीय बलिङमा सन्दीपको स्थान सुधार

दुबई । नेपाली राष्ट्रिय क्रिकेटर दीपेन्द्रसिंह ऐरी आइसिसी ट्वान्टी २० अलराउन्ड वरीयताको आठौं स्थानमा यथावत् रहेका छन् ।

आइसिसीले बुधबार जारी गरेका वरीयतामा ट्वान्टी २० बलिङमा नेपाली टिमका कप्तान सन्दीप लामिछानेले एक स्थान सुधार गरेका छन् । यसअघि ४१औं स्थानमा रहेका सन्दीप हाल ४०औं स्थानमा उक्लिएका छन् । यस्तै, एकदिवसीय बलिङ वरीयतामा भने उनी ३४औं स्थानमा यथावत् छन् । ट्वान्टी २० बलिङमा अभिनाश बोहरा पनि ९४औं स्थानमा यथावत् छन् ।

ट्वान्टी २० ब्याटिङ वरीयतामा नेपालका तीन ब्याटर अटाएका छन् । वरीयताको ३९औं स्थानमा कुशल भुर्तेल, ४२औं स्थानमा दीपेन्द्र र ९७औं स्थानमा आसिफ शेख छन् ।

एकदिवसीय ब्याटिङमा रहेको रोहितकुमार पौडेल ८१औं र आसिफ १००औं स्थानमा छन् ।

एकदिवसीयको बलिङ वरीयतामा सोमपाल कामी र करण केसी क्रमशः ९४औं र करण ९५औं स्थानमा छन् । यसअघि सोमपाल वरीयताको ९२औं र करण ९३औं स्थानमा थिए ।