
किग्सटन । कप्तान रोहित शर्मा ढाडको समस्यका कारण बाहिरिए पनि सुर्यकुमार यादवले सम्हालिएको प्रदर्शन गरेपछि भारतले मंगलबार तेस्रो ट्वान्टी२० खेलमा वेस्ट इन्डिजलाई सात विकेटले पराजित भएको छ ।
पहिलो खेल जितेको भारत सोमबार दोस्रो खेलमा पाँच विकेटले पराजित भएको थियो । तेस्रो खेलमा निकालेको जितसँगै भारतले पाँच खेलको शृंखलामा २-१ को अग्रता लिएको छ ।
वेस्ट इन्डिजले प्रस्तुत गरेको एक सय ६५ रनको लक्ष्य भारतले १९ ओभरमा मात्र तीन विकेटको क्षतीमा पूरा गर्यो ।
भारतक ओपनर यादवले ४४ बलमा आठ चौका र चार छक्का मद्दतमा ७६ रनको योगदान गरे । त्यस्तै ऋषभ पन्तले ३३ रन जोडे ।
वेस्ट इन्डिजका डोमिनिक डार्कस, जसन होल्डर र अकिल होसेनले समान एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङका लागि आएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ६४ रनको योगफल तयार पारेको थियो ।
वेस्ट इन्डिजका काइल मेयर्सले ५० बलमा आठ चौका र चार छक्का मद्दतमा ७३ रनको योगदान गरे ।
भारतका भुवनेश्वर कुमारले दुई तथा अर्शदिप सिंह र हार्दिक पाण्डेयाले समान एक विकेट लिए ।