काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकपको ग्लोबल क्वालिफायर्सको लागि १४ सदस्सीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले सन्दीप लामिछानेको कप्तानी तीन वैकल्पिक खेलाडी राख्दै टोलीको घोषणा गरेका हुन् ।
ग्लोवल क्वालिफायर्सको समूह ‘ए’ मा रहेको नेपालसँगै आयोजक ओमान, फिलिपिन्स र क्यानडा छन् ।
नेपालले ६ गते आयोजक ओमानविरुद्ध प्रतिस्पर्धा गर्दै क्वालिफायर्सको सुरुआत गर्नेछ । यस्तै, नेपालले सात गते फिलिपिनस र नौ गते क्यानडाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
नेपाली टोली :
सन्दीप लामिछाने (कप्तान), सरद भेषावकर, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आशिफ शेख, अविनाश बोहरा, जितेन्द्र मुखिया, कमलसिंह ऐरी, विवेक यादव, लोकेश बम, सागर ढकाल गुल्सन झा
वैकल्पिक खेलाडी : कुशल मल्ल, साहब आलम र प्रदीप ऐरी