फाल्गुन ३०, २०८२ शनिबार | १६:१५:३३
जन जागृतिलाई पहिलो अंक, सातदोबाटो सातौं खेलमा जितविहीन 'एसियन गेम्स फन रन' सम्पन्न इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा ‘ए’ डिभिजन लिग हुने एन्फाको हौवा कि वास्तविकता ? पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित जन जागृतिलाई पहिलो अंक, सातदोबाटो सातौं खेलमा जितविहीन 'एसियन गेम्स फन रन' सम्पन्न इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा ‘ए’ डिभिजन लिग हुने एन्फाको हौवा कि वास्तविकता ? पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित

पिएम कप: सेमिफाइनल पुग्ने दुई टोलीको टुङ्गो लाग्यो, सोबको उत्कृष्ट बलिङसँगै चार ब्याटरको अर्धशतक

काठमाडौं । प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा  शुक्रबार सेमिफाइनल पुग्ने दुई टोलीको टुङ्गो लागेको छ ।

प्रतियोगिताको पाँचौ दिन त्रिभुवन आर्मी क्लबका विक्रम सोबको उत्कृष्ट बलिङसँगै नेपाल पुलिस क्लबका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी, प्रदेश २ का हरिशंकर साह र कर्णालीका प्रकास जैसीको ब्याटिङ हेर्न लायक रह्यो ।

यसबाहेक त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा तीन विभागीय आर्मी, पुलिस र एपिएफसहित बागमती प्रदेशले सहज जित निकाले । त्यस्तै हारको सामना गरेका प्रदेश २, कर्णाली र सुदूरपश्चिम प्रदेश भने प्रतियोगिताबाट बाहिरिएका छन् । शुक्रबार पराजित भएको लुम्बिनी प्रदेशको भने सेमिफाइनल पुग्ने गणितीय मात्रै सम्भावना बाँकी छ ।

सेमिफाइनल पुग्ने दुई टोलीको टुङ्गो 

शुक्रबार सम्पन्न खेलबाट विभागीय टोली पुलिस र एपिएफले अपराजित रहँदै प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरे । एपिएफ समूह ‘बी’ विजेताको रुपमा सेमिफाइनल पुग्दा समूह ‘ए’ मा रहेको पुलिसले एक खेल अगावै सेमिफाइनलको टिकट काटेको हो ।

त्रिविमा बिहान ९ बजेदेखि सुरु भएको खेलमा पुलिसले कर्णाली प्रदेशमाथि ८९ रनको सहज जित निकाल्यो ।

टस जितेर पहिलो ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर दुई सय ४४ रनको योगफल खडा गरेको थियो । पुलिसका ब्याटर कुशल भुर्तेल र दिपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ खेलेका थिए । दुई सय ४५ रनको लक्ष्यसाथ जवाफी ब्याटिङमा आएको कर्णालीले २० ओभरमा नौ विकेट गुमाएर एक सय ५५ रनमात्र जोड्न सक्यो । कर्णालीका ब्याटर प्रकास जैसीले अर्धशतकीय इनिङ खेले पनि टोलीको हार टार्न भने सकेनन् ।

यता, सोही समयमा मुलपानीमा भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले हरायो । सुदूरपश्चिमले दिएका एक सय १६ रनको लक्ष्य आर्मीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर भेट्टायो । यसअघि आर्मीका बिक्रम सोबले उत्कृष्ट बलिङ गरेपछि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिम प्रदेश २० ओभरमा एक सय १५ रनमा समेटिएको थियो ।

जितसँगै चार खेलबाट पाँच अंक जोडेको आर्मीले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

दिनको दिउँसोको खेलमा त्रिवि क्रिकेट मैदानमा बागमती प्रदेशले प्रदेश २ को चुनौती पाँच विकेटले पन्छायो । प्रदेश २ ले दिएको एक सय ५६ रनको लक्ष्य बागमतीले १९.४ ओभरमा पाँच विकेट गुमाएर पुरा गर्यो । त्यसअघि टस जितेर ब्याटिङमा आएको प्रदेश २ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ५५ रनको योगफल तयार गरेको थियो ।

समूह ‘बी’ मा तीन खेलबाट ६ अंक जोडेको बागमतीले सेमिफाइनलमा स्थान बनाउँन अन्तिम खेलको नतिजा कुर्नुपर्ने छ ।

यस्तै, मुलपानीमा सम्पन्न खेलमा एपिएफले लुम्बिनीमाथि सात विकेटको सहज जित निकाल्यो । लुम्बिनीले दिएको एक सय पाँच रनको लक्ष्य एपिएफले ११ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । यसअघि टस हारेर ब्याटिङमा आएको लुम्बिनीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय चार रनको योगफल खडा गरेको थियो ।

बिक्रमको उत्कृष्ट बलिङ, चार अर्धशतक 

प्रतियोगिताको पाँचौ दिन चार खेलाडीको ब्याटबाट अर्धशतक निस्कियो । यसमध्ये तीन अर्धशतक एक खेलमा बनेका थिए । पुलिसका ओपनर कुशल भुर्तेलले ८२ रन जोड्दा पुलिसकै दिपेन्द्रले ६२, प्रदेश २ का हरिशंकरले अविजित ५६ र कर्णालीका प्रकासले ६८ रन बनाए ।

कर्णालीविरुद्ध आक्रामक ब्याटिङ गरेका कुशलले ३९ बलमा नौ चौका र तीन छक्का प्रहार गरेका थिए । त्यस्तै सोही इनिङमा दिपेन्द्रले पनि मात्र २८ बलमा नौ चौका र दुई छक्कासहित ६२ रन बनाएका थिए ।

त्यस्तै जवाफी ब्याटिङमा आउको कर्णालीका प्रकासले पनि ४७ बलमा ६ छक्का र तीन चौकासहित ६८ रन बनाएका थिए ।

अर्को एक अर्धशतक भने प्रदेश २ का हरिशंकरले बागमती प्रदेशविरुद्ध बनाएका थिए । हरिशंकरले ५४ बलमा पाँच चौका र एक छक्कासहित ५६ जोडेका थिए ।

बलिङमा आर्मीका बिक्रमको उत्कृष्ट प्रदर्शन रह्यो । बिक्रमले सुदूरपश्चिमविरुद्ध चार ओभरमा मात्र आठ रन खर्चिएर ६ विकेट लिए ।


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||