काठमाडौं । एम्पायर इन्टरनेसनल एजुकेसन एण्ड भिसा सर्भिस नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा मा सुदूरपश्चिम रोयल्ससँग स्टडी अब्रोड पार्टनरको रूपमा जोडिएको छ।
मंगलबार एम्पायरकी अप्रेसन हेड आकृती केसी र सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत (सिएओ) प्रकाश खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरे।
सुदूरपश्चिमका सिइओ खड्काले नेपाली विद्यार्थीलाई विदेश अध्ययन र भिसा प्रक्रियामा सहयोग गर्दै आएको विश्वासिलो संस्था एम्पायर इमाजोडिन पाउँदा खुसी लागेको बताउँदै यस सहकार्यले दुवै पक्षलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे।
यता एम्पायरकी अप्रेसन हेड केसीले सुदूरपश्चिम रोयल्ससँग सहकार्य गर्न पाउनु खुसीको विषय भएको बताइन् ।
एम्पायर अस्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायतजस्ता प्रमुख गन्तव्यमा उच्च शिक्षा र भिसा आवेदन प्रक्रियामा सघाउने एक परामर्शदाता कम्पनी हो ।
साविक उपविजेता सुदूरपश्चिमले मार्की दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउदलाई रिटेन गरेको छ । यसैगरी टोलीले मिनी अक्सनबाट दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, टेक रावत, दीपेन्द्र थापालाई अनुबन्ध गरेको थियो ।
हिक्मत महरालाई ‘ आइकोनिक खेलाडी’ मा छनोट गरेको टोलीले टोलीले विदेशी खेलाडीका रूपमा अस्ट्रेलियाका क्रिस लिन र जोश ब्राउन, न्युजिल्यान्डका स्कट कुगेलेइन तथा अमेरिकाका हर्मित सिंहलाई भित्र्याएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यस सिजन पनि सुदूरपश्चिमसहित साविक विजेता जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स उपाधिका लागि भिड्ने छन् ।
एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ ।
