कार्तिक २५, २०८२ मंगलबार | १८:०१:४७
एन्फा र ‘ए’ डिभिजन क्लबहरुबीच १२० दिनभित्र लिग आयोजना गर्ने सहमति इन्जुरी समयको गोलमा जन जागृतिले विजयी स्पोर्टससँग अंक खोस्यो क्लबहरू तयार भए लिग गर्न समस्या छैन: महासचिव किरण राई सुदूरपश्चिमसँग जोडियो एम्पायर एजुकेसन जुलियन अल्भारेजसहित तीन खेलाडी अर्जेन्टिनाको टोलीबाट बाहिरिए बेल्जियन गोलकिपर टिबो कोर्टुवा घाइते पोखरामा रोमन रेइफरको निरन्तरता ट्रेनिङ ग्राउण्डले जित्यो महिला बास्केटबलको उपाधि सुमन कुलुङले ट्रान्सलानटाउ रेसमा सहभागिता जनाउने बेन्जामिन सेस्कोले विश्वकप छनोटका दुई खेल गुमाउने एन्फा र ‘ए’ डिभिजन क्लबहरुबीच १२० दिनभित्र लिग आयोजना गर्ने सहमति इन्जुरी समयको गोलमा जन जागृतिले विजयी स्पोर्टससँग अंक खोस्यो क्लबहरू तयार भए लिग गर्न समस्या छैन: महासचिव किरण राई सुदूरपश्चिमसँग जोडियो एम्पायर एजुकेसन जुलियन अल्भारेजसहित तीन खेलाडी अर्जेन्टिनाको टोलीबाट बाहिरिए बेल्जियन गोलकिपर टिबो कोर्टुवा घाइते पोखरामा रोमन रेइफरको निरन्तरता ट्रेनिङ ग्राउण्डले जित्यो महिला बास्केटबलको उपाधि सुमन कुलुङले ट्रान्सलानटाउ रेसमा सहभागिता जनाउने बेन्जामिन सेस्कोले विश्वकप छनोटका दुई खेल गुमाउने

इन्जुरी समयको गोलमा जन जागृतिले विजयी स्पोर्टससँग अंक खोस्यो

काठमाडौं । एन्फा प्रेसिडेन्ट लिगमा जन जागृति युवा क्लबले पहिलो अंक हासिल गरेको छ । लगातार तेस्रो हार उन्मुख जन जागृतिले विजयी स्पोर्टस क्लबसँग १-१ को बराबरी खेलेको हो ।

मंगलबार प्रतियोगिताको सातौं दिन मकवानपुरको हेटौडास्थित गौरिटार रंगशालामा सम्पन्न समूह ‘ए’को खेलमा विजयी स्पोर्टस लगातार दोस्रो जितको निकै करिब थियो । तर, जन जागृतिका लागि हरिहर बुढामगरले ९०+(४) मिनेटमा गोल गर्दै टोलीको हार टारे । यसअघि पहिलो हाफ सकिन चार मिनेट बाँकी छँदा आरोन थापाले विजयी स्पोर्टसलाई अग्रता दिलाएका थिए ।

यो नतिजासँगै विजयी स्पोर्टसले चार खेलबाट ६ अंक जोडेको छ । यसअघि लालिगुँरास एसोसिएसन क्लब र चित्लाङ एफसीसँग बराबरी खेलेको विजयी स्पोर्टसले अघिल्लो खेलमा देउराली युथ क्लबमाथि ४-१ को सानदार जित हासिल गरेको थियो । बराबरीसँगै विजयी स्पोर्टसको राष्ट्रिय लिगमा छनोट हुने चुनौतीमा धक्का पुगेको छ ।

जन जागृतिले यसअघि देउरालीसँग ३-१ र लालिगुँराससँग ४-० को हार बेहोरेको थियो ।

मंगलबार दिनको दोस्रो खेलमा लालिगुँरास र चित्लाङ एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका छन् ।


भिडियो
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President
एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलअघि घरेलु भूमिमा राष्ट्रिय टोलीको अन्तिम प्रशिक्षण सत्र
मिहिनेत गरिरहेको थिएँ, अन्तिम टोलीमा पर्दा खुसी छु ll Dipesh Gurung, Midfielder