कार्तिक २५, २०८२ मंगलबार | ११:२६:१३
बेल्जियन गोलकिपर थिबाउट कोर्टुवा घाइते पोखरामा रोमन रेइफरको निरन्तरता ट्रेनिङ ग्राउण्डले जित्यो महिला बास्केटबलको उपाधि सुमन कुलुङले ट्रान्सलानटाउ रेसमा सहभागिता जनाउने बेन्जामिन सेस्कोले विश्वकप छनोटका दुई खेल गुमाउने एनपिएल यसपाली फ्लडलाइटमा टाइगर्सलाई हराउँदै काँक्रे बिहार सेमिफाइनलमा, राष्ट्रिय लिगमा छनोट हिक्मत महरा बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ फुटबल टोलीको बिदाइ अफगानिस्तनका पूर्व कप्तान गुल्बदिन नइब लुम्बिनीमा अनुबन्ध बेल्जियन गोलकिपर थिबाउट कोर्टुवा घाइते पोखरामा रोमन रेइफरको निरन्तरता ट्रेनिङ ग्राउण्डले जित्यो महिला बास्केटबलको उपाधि सुमन कुलुङले ट्रान्सलानटाउ रेसमा सहभागिता जनाउने बेन्जामिन सेस्कोले विश्वकप छनोटका दुई खेल गुमाउने एनपिएल यसपाली फ्लडलाइटमा टाइगर्सलाई हराउँदै काँक्रे बिहार सेमिफाइनलमा, राष्ट्रिय लिगमा छनोट हिक्मत महरा बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ फुटबल टोलीको बिदाइ अफगानिस्तनका पूर्व कप्तान गुल्बदिन नइब लुम्बिनीमा अनुबन्ध

पोखरामा रोमन रेइफरको निरन्तरता

फाइल तस्विर ।

काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि पनि बार्बाडोसका अलराउन्डर रेमन रेइफरलाई निरन्तरता दिएको छ ।

पोखराले सोमबार सामाजिक सञ्जालमामा रेइफरलाई अनुबन्ध गरेको जानकारी गरायो ।

उनी पोखरा भित्रिने दोस्रो विदेशी खेलाडी हुन् । टोलीले यसअघि इङ्लिस विकेटकिपर एडम रोसिङटनलाई भित्र्याएको थियो ।

उनले वेस्ट इन्डिजका लागि मात्र तीन टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलका छन् । समग्रमा भने ९३ टी-ट्वान्टी खेल खेलेका रेइफरले १ हजार १२४ रन बनाउनुका साथै ६६ विकेट लिएका छन् ।

रेइफरसँग क्यारेबियन प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग र इन्टरनेस नल लिग टी ट्वान्टी जस्ता फ्रेन्चाइज प्रतियोगिता खेलेको अनुभव छ ।

रेइफरले एनपिएलको पहिलो सिजनमा सात खेल खेल्दा १४६ रन बनाउनुका साथै पाँच विकेट लिएका थिए । 

कुशल भुर्तेल मार्की रहेको पोखराले सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, विपिन खत्री, तृतराज दास र दिनेश अधिकारीलाई टोलीमै राख्ने निर्णय गरेको छ ।

गत संस्करण सातौं स्थानमा रहेको पोखराले मिनी अक्सनबाट अर्जुन कुमाल, अभिषेक तिवारी, कृष्ण पौडेल र सन्दीप केसीलाई  अुनबन्ध गरेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यस सिजन पनि पोखरासहित साविक विजेता जनकपुर बोल्ट्स, साविक उपिवजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स उपाधिका लागि भिड्ने छन् ।

एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ ।


भिडियो
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President
एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलअघि घरेलु भूमिमा राष्ट्रिय टोलीको अन्तिम प्रशिक्षण सत्र
मिहिनेत गरिरहेको थिएँ, अन्तिम टोलीमा पर्दा खुसी छु ll Dipesh Gurung, Midfielder