कार्तिक २५, २०८२ मंगलबार | १९:०५:३८
सुमित महर्जनले लुम्बिनीबाट एनपिएल खेल्ने, बाहिरिए विवेक यादव एन्फा र ‘ए’ डिभिजन क्लबहरुबीच १२० दिनभित्र लिग आयोजना गर्ने सहमति इन्जुरी समयको गोलमा जन जागृतिले विजयी स्पोर्टससँग अंक खोस्यो क्लबहरू तयार भए लिग गर्न समस्या छैन: महासचिव किरण राई सुदूरपश्चिमसँग जोडियो एम्पायर एजुकेसन जुलियन अल्भारेजसहित तीन खेलाडी अर्जेन्टिनाको टोलीबाट बाहिरिए बेल्जियन गोलकिपर टिबो कोर्टुवा घाइते पोखरामा रोमन रेइफरको निरन्तरता ट्रेनिङ ग्राउण्डले जित्यो महिला बास्केटबलको उपाधि सुमन कुलुङले ट्रान्सलानटाउ रेसमा सहभागिता जनाउने सुमित महर्जनले लुम्बिनीबाट एनपिएल खेल्ने, बाहिरिए विवेक यादव एन्फा र ‘ए’ डिभिजन क्लबहरुबीच १२० दिनभित्र लिग आयोजना गर्ने सहमति इन्जुरी समयको गोलमा जन जागृतिले विजयी स्पोर्टससँग अंक खोस्यो क्लबहरू तयार भए लिग गर्न समस्या छैन: महासचिव किरण राई सुदूरपश्चिमसँग जोडियो एम्पायर एजुकेसन जुलियन अल्भारेजसहित तीन खेलाडी अर्जेन्टिनाको टोलीबाट बाहिरिए बेल्जियन गोलकिपर टिबो कोर्टुवा घाइते पोखरामा रोमन रेइफरको निरन्तरता ट्रेनिङ ग्राउण्डले जित्यो महिला बास्केटबलको उपाधि सुमन कुलुङले ट्रान्सलानटाउ रेसमा सहभागिता जनाउने

एन्फा र ‘ए’ डिभिजन क्लबहरुबीच १२० दिनभित्र लिग आयोजना गर्ने सहमति

फाइल तस्वीर

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र शीर्ष डिभिजन क्लबहरुबीच अबको १२० दिनभित्र सहिद स्मारक ‘ए’ डिभिजन लिग गर्ने सहमति भएको छ ।

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले मंगलबार बोलाएको सरोकारवालासँगको छलफलमा एन्फा पदाधिकारी र शीर्ष डिभिजन क्लबबीच अबको चार महिनाभित्र लिग गर्ने सहमति भएको हो ।

सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा मन्त्री गुप्ताले बोलाएकोे छलफलमा एन्फाले शीर्ष डिभिजन लिग फागुन अन्तिम सातादेखि गर्ने प्रस्ताव अघि सारेको थियो । यसका लागि मन्त्री आफैैंले एन्फालाई लिगको मिति प्रस्ताव गर्न आग्रह गरेका थिए ।

कार्तिक १७ गते सातदोबाटोस्थित एन्फा मुख्यालयमा एन्फा र क्लबबीच सम्पन्न बैठकबाट आगामी पुस ९ गतेबाट राष्ट्रिय लिग गर्ने सहमती जुटेको थियो । यसैगरी उक्त बैठकले अर्को वर्षको पुष ३ गते सहिद स्मारक ‘ए’ डिभिजन लिग गर्ने सहमति पनि जुटाएको थियो ।

यो वर्ष पनि लिग नहुने भएपछि नेपाल फुटबल खेलाडी संघले  बिहिबार धर्ना कार्यक्रम गरेको थियो । खेलाडी संघले एक साता भित्रमा एक डिभिजन लिग गर्ने सुनिश्चित नभए आन्दोलनलाई जारी राख्ने घोषणा गरेको थियो ।

मंगलबार शीर्ष डिभिजन क्लबसँगै खेलाडी संघका पदाधिकारीको पनि उपस्थिति थियो ।


भिडियो
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President
एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलअघि घरेलु भूमिमा राष्ट्रिय टोलीको अन्तिम प्रशिक्षण सत्र
मिहिनेत गरिरहेको थिएँ, अन्तिम टोलीमा पर्दा खुसी छु ll Dipesh Gurung, Midfielder