आश्विन २१, २०८२ बुधबार | १९:१८:२३
कर्णाली याक्सको ‘कन्सल्ट्यान्ट’ प्रशिक्षकमा राजु बस्नेत ट्वान्टी-२० विश्वकप छनाेट: ओमानकाे विजयी सुरुआत दीपेन्द्रको आइसीसी वरियता खस्कियो एसियाली टेबलटेनिस टिम च्याम्पियनसिपमा ६ नेपाली खेलाडी रायाले गरे आर्सनलसँगको सम्झौता नवीकरण नेपाललाई मलेसियाविरुद्धको ट्वान्टी-२० शृंखला कुवेतको सामना गर्दै नेपाल व्यवसायीक फुटबलबाट संन्यास लिने अल्बाको घोषणा एसियन कप छनोटः भाग्यमा भरोसा थप्ने परीक्षा तेस्रो पटक विश्वकप खेल्ने लक्ष्यको सुरुआत कर्णाली याक्सको ‘कन्सल्ट्यान्ट’ प्रशिक्षकमा राजु बस्नेत ट्वान्टी-२० विश्वकप छनाेट: ओमानकाे विजयी सुरुआत दीपेन्द्रको आइसीसी वरियता खस्कियो एसियाली टेबलटेनिस टिम च्याम्पियनसिपमा ६ नेपाली खेलाडी रायाले गरे आर्सनलसँगको सम्झौता नवीकरण नेपाललाई मलेसियाविरुद्धको ट्वान्टी-२० शृंखला कुवेतको सामना गर्दै नेपाल व्यवसायीक फुटबलबाट संन्यास लिने अल्बाको घोषणा एसियन कप छनोटः भाग्यमा भरोसा थप्ने परीक्षा तेस्रो पटक विश्वकप खेल्ने लक्ष्यको सुरुआत

ट्वान्टी-२० विश्वकप छनाेट: ओमानकाे विजयी सुरुआत

काठमाडौं । घरेलु टोली ओमानले आइसिसी ट्वान्टी-२० विश्वकप एसिया एण्ड इस्ट-एसिया प्यासिफिक छनोटमा विजयी सुरुआत गरेको छ । 

ओमानले अल अमेरतस्थित ओमान क्रिकेट मैदानमा बुधबार सम्पन्न समूह ‘सी’ अन्तर्गतको खेलमा सामोआविरुद्ध पाँच विकेटको जित निकाल्याे। 

सामोआले प्रस्तुत गरेको ९३ रनको लक्ष्य ओमानले १६.५ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।

ओमानका लागि मोहम्मद नदिमले अविजित २१, हमाद मार्जाले १८, आषिश ओडेदराले १५ र आर्यन विष्टले १४ रन बनाए ।

सामोआका लागि सौमनी तियाईले दुई तथा ड्यानियल बर्गेस, सोलोमन नाश र कप्तान कालेब जस्मतले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सामोआले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९३ रनको योगफल तयार पारेको थियो ।

सामोआका लागि फेरेटी सुलुलोटोले २३, रोस टेलरले २२ र सोलोमन नाशले ११ रन बनाए ।

ओमानका लागि फैसल शाह, मोहम्मद नदिम र कप्तान आमिर कलिमले समान दुई तथा नदिम खान र हस्नैन शाहले समान एक विकेट लिए ।  


भिडियो
एसियन कप छनोटःभाग्यमा भरोसा थप्ने परिक्षा ll
भियतनाम जानुअघि घरेलु भूमिमा नेपाली टोलीको अन्तिम अभ्यास सत्र ll NEPAL FOOTBALL TEAM TRAINING
भियतनाम जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll NEPAL NATIONAL FOOTBALL TEAM
तयारी राम्रो भएको छ, हामी सकारात्मक छौं llMATT ROSS
होम म्याच घरमै हुने वातावरण बन्नुपर्छ ll ROHIT CHAND
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST
खेलाडी नजाने भनेपछि नै हामीले घर नपठाउने निर्णय गरेका हौं