काठमाडौं । आइसीसी ट्वान्टी-२० अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरी एक स्थान खस्किएका छन् ।
आइसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा दीपेन्द्र पाँचौं स्थानमा छन् ।
यसैगरी अलरान्डर वरियतामा कुशल भुर्तेल २३, कप्तान रोहितकुमार पौडेल ४४, गुल्शनकुमार झा ५९, कुशल मल्ल ६७ र करण केसी ८६औं स्थानमा छन् ।
अलराउन्डर वरियताको शीर्ष स्थानमा पाकिस्तानका सइम अयुब छन् ।
यसैगरी बलिङतर्फको वरियतामा ललितनारायण राजवंशी राजवंशी ४८, दीपेन्द्रसिंह ऐरी ७८ र सन्दीप लामिछाने ८७औं स्थानमा छन् । ललित एक, दीपेन्द्र तीन र सन्दीप दुई स्थान खस्किएका हुन् ।
भिडियो
एसियन कप छनोटःभाग्यमा भरोसा थप्ने परिक्षा ll
भियतनाम जानुअघि घरेलु भूमिमा नेपाली टोलीको अन्तिम अभ्यास सत्र ll NEPAL FOOTBALL TEAM TRAINING
भियतनाम जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll NEPAL NATIONAL FOOTBALL TEAM
तयारी राम्रो भएको छ, हामी सकारात्मक छौं llMATT ROSS
होम म्याच घरमै हुने वातावरण बन्नुपर्छ ll ROHIT CHAND
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST
खेलाडी नजाने भनेपछि नै हामीले घर नपठाउने निर्णय गरेका हौं