आश्विन १३, २०८२ मंगलबार | १६:४७:०९
वेस्ट इन्डिजविरुद्ध नेपाललाई ‘क्लिन स्विप’को अवसर अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियाे एभरटन जिनोआविरुद्ध लाजियोको सहज जित नेपाललाई ऐतिहासिक शृंखला दुई अर्धशतकमा नेपालले दियो वेस्ट इन्डिजलाई १७४ रनको लक्ष्य वेस्ट इन्डिजविरुद्ध ब्याटिङ गर्दै नेपाल एसियाली एक्वेटिक्स च्याम्पियनसिपः अथर्वको दुई राष्ट्रिय कीर्तिमान तेक्वान्दो संघको अध्यक्षमा दिपराज गुरुङ वेस्ट इन्डिजविरुद्धको शृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यमा नेपाल नापोलीविरुद्ध एसी मिलान विजयी वेस्ट इन्डिजविरुद्ध नेपाललाई ‘क्लिन स्विप’को अवसर अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियाे एभरटन जिनोआविरुद्ध लाजियोको सहज जित नेपाललाई ऐतिहासिक शृंखला दुई अर्धशतकमा नेपालले दियो वेस्ट इन्डिजलाई १७४ रनको लक्ष्य वेस्ट इन्डिजविरुद्ध ब्याटिङ गर्दै नेपाल एसियाली एक्वेटिक्स च्याम्पियनसिपः अथर्वको दुई राष्ट्रिय कीर्तिमान तेक्वान्दो संघको अध्यक्षमा दिपराज गुरुङ वेस्ट इन्डिजविरुद्धको शृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यमा नेपाल नापोलीविरुद्ध एसी मिलान विजयी

नेपाललाई ऐतिहासिक शृंखला

तस्विरः क्यान ।

काठमाडौं । नेपालले  वेस्ट इन्डिजविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला एक खेल अगावै आफ्नो पक्षमा पारेको छ ।

युएईको सारजहाँ क्रिकेट मैदानमा सोमबार सम्पन्न दोस्रो खेलमा नेपालले ९० रनको सानदार जित दर्ता गर्यो । यससँगै नेपालले पहिलो पटक पूर्ण सदस्य राष्ट्रविरुद्धको द्विपक्षीय शृंखला आफ्नो पक्षमा पर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको हो ।

लगातार दोस्रो जितसँगै नेपालले तीन खेलको शृंखलामा २-० को अग्रता लिएको छ । पहिलो खेलमा नेपाल १९ रनले विजयी भएको थियो ।

नेपालले प्रस्तुत गरेको १७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १७. १ ओभरमा ८३ रनमै समेटियो ।

वेस्ट इन्डिजका लागि जेसन होल्डरले २१, अकिम अगस्टेले १७ र आमिर जाङ्गुले १६ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि मोहम्मद आदिल आलमले चार,  कुशल भुर्तेलले तीन तथा दीपेन्द्रसिंह ऐरी, करण केसी र ललितनारायाण राजवंशीले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि आसिफ शेखलेले ४७ बलमा आठ चौका र दुई छक्काको मद्दतले अविजित ६८ रनको योगदान गरे । यसैगरी सन्दीप जोराले ३९ बलमा पाँच छक्का र तीन चौकासहित ६३ र मोहम्मद आदिल आलमले ११ रन बनाए ।

चौथो विकेटका लागि आसिफ र सन्दीपबीच १०० रनको साझेदारी भएको थियो । वेस्ट इन्डिजका लागि कप्तान अकिल होसेन र कायल मायर्सले समान दुई तथा जेडिया ब्लेड्सले एक विकेट लिए ।

शृंखलाको तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST
खेलाडी नजाने भनेपछि नै हामीले घर नपठाउने निर्णय गरेका हौं
सिस्नेरीमा ज्यान गुमाएका फुटबल खेलाडीको सम्झनामा ANFA काे शोक सभा
AFC तयारी र दसैंलाई उल्लास पार्दै फुटबल खेलाडी
याे बेला पढाइकाे तनाव नहुँदा खेलाडीले प्रशिक्षणमा ध्यान दिन्छन् : कुमार राई
CAVA CHAMPIONSHIP तयारी र दसैंलाई उल्लास पार्दै भलिबल खेलाडी
CAVA U-19 WOMEN'S CHAMPIONSHIP का लागि तयारीमा जुट्यो U-19 भलिबल टोली ll