काठमाडौं । पाकिस्तानविरुद्ध पाँच विकेटको जित निकालदै भारतले एसिसी ट्वान्टी(२० एसिया कपको उपाधि जितेको छ ।
भारत नवौ पटक च्याम्पियन बनेको हो । भारतले यसअघि सन् १९८४, १९८८, १९० ९१, १९९५, २०१०, २०१६, २०१८ र २०२३ मा उपाधि जितेको थियो ।
यो संस्करणमा भारतले पाकिस्तानलाई तेस्रो पटक पराजित गरेको हो । यसअघि समूह चरण र सुपर फोरमा पनि भारत विजयी भएको थियो ।
आइतबार युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले प्रस्तुत गरेको जित्नलाई १४७ रनको भारतले दुई बल बाँकी रहँदा विकेट गुमाउँदै पूरा गर्यो ।
भारतका तिलक बर्माले ५३ बलमा चार छक्का र तीन चौकासहित अविजित ६९ रनको योेगदान गरे । यसैगरी शिभम दुबेले ३३, सन्जु स्यामसनले २४ र सुभमन गिलले १२ रन बनाए ।
तिलकले छौटौं विकेटका लागि शिभमसँग ६० र पाँचौं विकेटका लागि सन्जुसँग ५७ रनको साझेदारी गरेका थिए ।
पाकिस्तानका लागि फहिम असरफले तीन तथा शाहिन शाह अफ्रिदी र अब्रार अहमदले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १४६ रनको योगफल तयार पारेको थियो ।
पाकिस्तानका लागि शहिबजादा फरानले ३८ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ५७ रन बनाए । यसैगरी फखर जमानले ४६ र सइम अयुवले १२ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पहिलो विकेटका लागि शहिबजादा र फखरले ८४ रनको साझेदारी गर्दै पाकिस्तानलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । तर टोलीले ११३(१ को अवस्थाबाट ३३ रन थप्दा ९ विकेट गुमाएको थियो ।
भारतका लागि कुलदीप यादवले चार तथा अक्षर पटेल, जसप्रित बुमराह र वरुण चक्रवर्तीले समान दुई विकेट लिए ।