काठमाडौं । आसिफ शेख र सन्दीप जोराको अर्धशतकप्रेरित नेपालले ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा वेस्ट इन्डिजसामु १७४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
युएईको सारजहाँ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ राेजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रनको योगफल तयार पार्याे ।
नेपालका लागि आसिफले ४७ बलमा आठ चौका र दुई छक्काको मद्दतले अविजित ६८ रनको योगदान गरे । यसैगरी सन्दीपले ३९ बलमा पाँच छक्का र तीन चौकासहित ६३ र मोहम्मद आदिल आलमले ११ रन बनाए ।
चौथो विकेटका लागि आसिफ र सन्दीपबीच १०० रनको साझेदारी भएको थियो । वेस्ट इन्डिजका लागि कप्तान अकिल होसेन र कायल मायर्सले समान दुई तथा जेडिया ब्लेड्सले एक विकेट लिए ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST
खेलाडी नजाने भनेपछि नै हामीले घर नपठाउने निर्णय गरेका हौं
सिस्नेरीमा ज्यान गुमाएका फुटबल खेलाडीको सम्झनामा ANFA काे शोक सभा
AFC तयारी र दसैंलाई उल्लास पार्दै फुटबल खेलाडी
याे बेला पढाइकाे तनाव नहुँदा खेलाडीले प्रशिक्षणमा ध्यान दिन्छन् : कुमार राई
CAVA CHAMPIONSHIP तयारी र दसैंलाई उल्लास पार्दै भलिबल खेलाडी
CAVA U-19 WOMEN'S CHAMPIONSHIP का लागि तयारीमा जुट्यो U-19 भलिबल टोली ll