आश्विन २, २०८२ शुक्रबार | २२:०८:४३
म्यानचेस्टर युनाइटेडको प्रशिक्षणमा फर्किए मेसन माउन्ट र म्याथ्युज कुन्हा भिसा नआएका कारण युएई उड्न पाएन नेपाली क्रिकेट टोली साफ यु-१७ च्याम्पियनसिपः पाकिस्तानकाे जितमा मन्सुर अहमदकाे ह्याट्रिक जाहिर खानले छाडे लखनउ सुपर जायन्ट्स च्याम्पियन्स लिगः रासफर्ड र डी ब्रुएनाको इङ्ल्यान्ड भ्रमण साफ महिला क्लब च्याम्पियनसिपमा पाँच टोली बेन्फिका फर्किए मोरिन्हो एसिसी एसिया कप: श्रीलंका समूह विजेता, बंगलादेश सुपर-४ मा लेभरकुसनले कोपनहेगनलाई बराबरीमा रोक्यो च्याम्पियन्स लिगः सिटीको विजयी सुरुआत म्यानचेस्टर युनाइटेडको प्रशिक्षणमा फर्किए मेसन माउन्ट र म्याथ्युज कुन्हा भिसा नआएका कारण युएई उड्न पाएन नेपाली क्रिकेट टोली साफ यु-१७ च्याम्पियनसिपः पाकिस्तानकाे जितमा मन्सुर अहमदकाे ह्याट्रिक जाहिर खानले छाडे लखनउ सुपर जायन्ट्स च्याम्पियन्स लिगः रासफर्ड र डी ब्रुएनाको इङ्ल्यान्ड भ्रमण साफ महिला क्लब च्याम्पियनसिपमा पाँच टोली बेन्फिका फर्किए मोरिन्हो एसिसी एसिया कप: श्रीलंका समूह विजेता, बंगलादेश सुपर-४ मा लेभरकुसनले कोपनहेगनलाई बराबरीमा रोक्यो च्याम्पियन्स लिगः सिटीको विजयी सुरुआत

भिसा नआएका कारण युएई उड्न पाएन नेपाली क्रिकेट टोली

काठमाडौं । भिसा नआएका कारण वेस्ट इन्डिजविरूद्धको ऐतिहासिक युनिटी कप ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाका लागि नेपाली क्रिकेट टोली युएई जान ढिला हुने भएको छ ।

नेपाली टोली शुक्रबार युएई प्रस्थान गर्ने तयारीमा थियो । तर बेलुकासम्म भिसा नअउँदा  टोली उड्न नपाएको नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्त छुम्बी लामाले बताए ।  

जेनजीले गरेको प्रदर्शनका कारण नेपालको पछिल्लो घटनाक्रमपछि युएईले नेपालीलाई भिजिट भिसा दिन रोक लगाएपछि अहिले त्यसको असर क्रिकेट टोलीलाई पनि परेको छ ।

प्रवक्ता लामाले युएई क्रिकेट बोर्ड र आइसिसीको समन्वयमा भिसाको प्रकृया भइरहेको र आउने बित्तिकै युएई जाने बताए ।

‘यसअघि चाँडै भिसा पाइन्थ्यो। तर, अहिलेको विषम परिस्थितिका कारण युइएले सबै नेपालीलाई भिसा दिन रोकेको छ,’ लामाले खेलाडी डटकमसँग भने,‘ हामीले युएई र आइसिसीको समन्वयमा भिसाको प्रक्रिया आगाडि बढाएका छौं । आउने बित्तिकै टोली युएई प्रस्थान गर्नेछ ।’

नेपाल र वेस्ट इन्डिज पहिलो पटक ट्वान्टी-२० शृंखलामा प्रतिस्पर्धा गर्दैछन् ।

शृंखला सेप्टेम्बर २७ देखि ३० सम्म संयुक्त अरब इमिरेट्स (युएई) को शारजाहँ क्रिकेट मैदानमा हुनेछ। नेपालले यो शृंखलालाई आइसिसी ट्वान्टी-२० विश्वकप एसिया छनोटको तयारीका रूपमा लिएको छ ।

नेपाल रोहितकुमार पौडेल र वेस्ट इन्डि अकिल होसेनको कप्तानीमा मैदान उत्रिनेछन् । 

वेस्ट इन्डिज टोली

अकिल होसेन (कप्तान),फाबियन एलन, ज्वेल एन्ड्रयु, अकिम अगेस्ट, नवीन बिदाइस, जेडियाह ब्लेड्स, केसी कार्टी, करिम गोरे, जेसन होल्डर, आमिर जाङ्गु, काइल मेयर्स, ओबेड म्याककोय, जिशन मोटारा, रामोन सिमोन्ड्स र शमार स्प्रिङ्गर

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, लोकेस बम, दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल मल्ल, आसिफ सेख (विकेटकिपर), आदील आलम, सोमपाल कामी,करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, आरिफ सेख, सन्दीप जोरा, ललितनारायण राजवंशी, गुलशन कुमारझा, साहब आलम


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II KABIRAJ NEGI LAMA II MEDELIST, PARAOLYMPIAN TAEKWONDO COACH
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास