आश्विन २, २०८२ शुक्रबार | २०:२१:५३
भिसा नआएका कारण युएई उड्न पाएन नेपाली क्रिकेट टोली साफ यु-१७ च्याम्पियनसिपः पाकिस्तानकाे जितमा मन्सुर अहमदकाे ह्याट्रिक जाहिर खानले छाडे लखनउ सुपर जायन्ट्स च्याम्पियन्स लिगः रासफर्ड र डी ब्रुएनाको इङ्ल्यान्ड भ्रमण साफ महिला क्लब च्याम्पियनसिपमा पाँच टोली बेन्फिका फर्किए मोरिन्हो एसिसी एसिया कप: श्रीलंका समूह विजेता, बंगलादेश सुपर-४ मा लेभरकुसनले कोपनहेगनलाई बराबरीमा रोक्यो च्याम्पियन्स लिगः सिटीको विजयी सुरुआत बार्सिलोनाको रोमाञ्चक जित भिसा नआएका कारण युएई उड्न पाएन नेपाली क्रिकेट टोली साफ यु-१७ च्याम्पियनसिपः पाकिस्तानकाे जितमा मन्सुर अहमदकाे ह्याट्रिक जाहिर खानले छाडे लखनउ सुपर जायन्ट्स च्याम्पियन्स लिगः रासफर्ड र डी ब्रुएनाको इङ्ल्यान्ड भ्रमण साफ महिला क्लब च्याम्पियनसिपमा पाँच टोली बेन्फिका फर्किए मोरिन्हो एसिसी एसिया कप: श्रीलंका समूह विजेता, बंगलादेश सुपर-४ मा लेभरकुसनले कोपनहेगनलाई बराबरीमा रोक्यो च्याम्पियन्स लिगः सिटीको विजयी सुरुआत बार्सिलोनाको रोमाञ्चक जित

साफ यु-१७ च्याम्पियनसिपः पाकिस्तानकाे जितमा मन्सुर अहमदकाे ह्याट्रिक

काठमाडौं । पाकिस्तानले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१७ च्याम्पियनसिपमा शुक्रबार माल्दिभ्सविरुद्ध ५-२ को सहज जित दर्ता गरेको छ ।

लगातार दोस्रो जितसँगै दुई खेलमा ६ अंक जोडेको पाकिस्तान समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । दुवै खेलमा पराजित माल्दिभ्स अंकविहिन छ ।

पहिलो खेलमा पाकिस्तनले भुटानलाई ४-० ले पराजित गर्दा माल्दिभ्सले भारतसँग ६-० को हार बेहोरेको थियो ।

कोलम्बो रेसकोर्स रंगशालामा पाकिस्तालाई जित दिलाउन मन्सुर अहमदले ह्याट्रिक गर्दा मोहम्मद अब्दुल्लाहले दुई गोल थपे । माल्दिभ्सका लागि अली इलान र मोहम्मद शायन शिफाउले गोल फर्काए ।

खेलको १२औं मिनेटमा अहमदको गोलमार्फत पाकिस्तानले अग्रता लिएको थियो । ३२औं मिनेटमा अहमदले नै टोलीको अग्रता दोब्बर बनाए ।  

इलानले ४२औं मिनेटमा गोल गर्दा खेल २-१ को स्थितीमा आयो । पहिलो हाफको निर्धारित समयको अन्तिम मिनेटमा अहमदले पेनाल्टीमार्फत ह्याट्रिक पूरा गरे ।

पहिलो हाफको इन्जुरी समयमा अब्दुल्लाहले गोल गर्दा पाकिस्तानको अग्रता ४-१ मा पुग्यो । ६१औं मिनेटमा अब्दुल्लाहले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गरे ।

शिफाउले ७१औं मिनेटमा माल्दिभ्सका लागि दोस्रो गोल फर्काए ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II KABIRAJ NEGI LAMA II MEDELIST, PARAOLYMPIAN TAEKWONDO COACH
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास