आश्विन २, २०८२ शुक्रबार | ११:१५:५०
एसिसी एसिया कप: श्रीलंका समूह विजेता, बंगलादेश सुपर-४ मा लेभरकुसनले कोपनहेगनलाई बराबरीमा रोक्यो च्याम्पियन्स लिगः सिटीको विजयी सुरुआत बार्सिलोनाको रोमाञ्चक जित साफ यु-१७ च्याम्पियनसिपः बंगलादेशसामू नेपाल निरीह साफ यु-१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको फराकिलो हार ‘अञ्जिला’ चलचित्र ओस्कार अवार्डका लागि सिफारिस युएई जाने नेपाली क्रिकेट टोलीको बिदाइ साफ यु–१७ च्याम्पियनसिपः बंगलादेशविरुद्ध नेपाल पहिलो हाफमा १-० ले पछाडि बंगलादेशविरुद्ध दिग्विजय र सुजनलाई पहिलो रोजाईमा मौका एसिसी एसिया कप: श्रीलंका समूह विजेता, बंगलादेश सुपर-४ मा लेभरकुसनले कोपनहेगनलाई बराबरीमा रोक्यो च्याम्पियन्स लिगः सिटीको विजयी सुरुआत बार्सिलोनाको रोमाञ्चक जित साफ यु-१७ च्याम्पियनसिपः बंगलादेशसामू नेपाल निरीह साफ यु-१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको फराकिलो हार ‘अञ्जिला’ चलचित्र ओस्कार अवार्डका लागि सिफारिस युएई जाने नेपाली क्रिकेट टोलीको बिदाइ साफ यु–१७ च्याम्पियनसिपः बंगलादेशविरुद्ध नेपाल पहिलो हाफमा १-० ले पछाडि बंगलादेशविरुद्ध दिग्विजय र सुजनलाई पहिलो रोजाईमा मौका

एसिसी एसिया कप: श्रीलंका समूह विजेता, बंगलादेश सुपर-४ मा

काठमाडौं । अफगानिस्तानविरुद्ध ६ विकेटको जित निकाल्दै श्रीलंकाले एसिसी ट्वान्टी-२० एसिया कपमा समूह विजेताका रूपमा सुपर-४ मा पुगेको छ ।

लगातार तेस्रो जितसँगै तीन खेलबा ६ अंक जोडेको श्रीलंका समूह ‘बी’ को शीर्ष स्थानमा रह्यो । यससँगै समान खेलमा चार अंक जोडेको बंगलादेश पनि उपविजेताका रूपमा अगाडि बढ्यो ।

यता पराजित अगफगानिस्तान तीन खेलबाट दुई अंकका साथ तेस्रो स्थानमा रहँदै बाहिरियो । तीनै खेल गुमाएको हङकङ अंकविहिन बन्यो ।

बिहीबार अबुधाबीस्थित जायद क्रिकेट रंगशालामा १७० रनको लक्ष्य श्रीलंकाले १८.४ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।

श्रीलंकाका लागि कुशल मेन्डिसले ५२ बलमा १० चौकासहित अविजित ७४ रनको योगदान गरे । यसैगरी कुशल परेराले २८, कामिन्दु मेन्डिसले अविजित २६ र कप्तान चरिथ अस्लंकाले १७ रन बनाए ।

पाँचौं विकेटका लागि कुशल र कामिन्दुबीच अविजित ५२ रनको साझेदारी भएको थियो । अफगानिस्तानका लागि मुजिब उर रहमान, अज्मतुल्लाह ओमरजाई, मोहम्मद नबी र नुर अहमदले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६९ रनको योगफल तयार पारेको थियो ।

अफगानिस्तानका मोहम्मद नबीले २२ बलमा ६ छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ६० रनको योगदान गरे । यसैगरी इब्राहिम जाद्रन र कप्तान राशिद खानले समान २४, सेदिकुल्लाह अटलले १८ र रहमनुल्लाह गुर्बाजले १५ रन बनाए ।

आठौं विकेटका लागि मोहम्मद र नुर अहमले ५५ रनको साझेदारी गरेका थिए । नुर ६ रनमा अविजित रहे । 

श्रीलंकाका लागि नुवान तुषाराले चार तथा दुस्मन्था चमिरा, डुनिथ वेलालागे र दसुन सनाकाले समान एक विकेट लिए । 


भिडियो
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL