काठमाडौं। संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध ९ विकेटको सहज जित निकाल्दै साबिक विजेता भारतले एसिसी एसिया कपमा सुखद् सुरुआत गरेको छ ।
दुबई अन्तर्राष्ट्रिय रंगशालामा बुधबार युएईले प्रस्तुत गरेको ५८ रनको लक्ष्य भारतले ४.३ ओभरमा एम विकेट गुमाउँदै पूरा गर्यो ।
भारतका लागि अभिषेक शर्माले ३०, शुभमन गिलले अविजित २० र कप्तान सूर्यकुमार यादवले अविजित सात रन बनाए ।
युएईका लागि एकमात्र विकेट जुनैद सिद्धिकीले लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको युएईले १३.१ ओभरमा सबै विकेट गुमाउँदै ५७ रनको योगफल तयार पार्यो ।
युएईका लागि ओपनर अलिशान सराफुले २२ रन र कप्तान मोहम्मद वासिमले १९ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
भारतका लागि कुलदीप यादवले चार, शिवम दुबेले तीन, वरुण चक्रवर्ती, अक्षर पटेल र जसप्रित बुमराहले समान एक विकेट लिए ।
भिडियो
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS