भाद्र २३, २०८२ मंगलबार | ००:४९:२३
झापा एन्फा महिला लिगका लागि छनोट नेपाल र बंगलादेशबीचकाे मैत्रीपूर्ण खेल स्थगित ललितपुरको लगातार तेस्रो जित हामी धेरैअघि नै शहीद भइसकेका छौंः पारस खड्का मुकेशले विश्व एथलेटिक्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने कर्णालीको विजयी यात्रा जारी जेन जीको आन्दोलन चर्किएपछि नेपाल र बंगलदेशबीचकाे मैत्रीपूर्ण खेल अन्योलमा सालिबा कम्तिमा तीन साता मैदान बाहिर रहने पल्सर स्पोर्टस अवार्डको सहप्रायोजकमा केल्मीकै निरन्तरता म्यानचेस्टर युनाइटेड छाड्दै आन्द्रे ओनाना झापा एन्फा महिला लिगका लागि छनोट नेपाल र बंगलादेशबीचकाे मैत्रीपूर्ण खेल स्थगित ललितपुरको लगातार तेस्रो जित हामी धेरैअघि नै शहीद भइसकेका छौंः पारस खड्का मुकेशले विश्व एथलेटिक्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने कर्णालीको विजयी यात्रा जारी जेन जीको आन्दोलन चर्किएपछि नेपाल र बंगलदेशबीचकाे मैत्रीपूर्ण खेल अन्योलमा सालिबा कम्तिमा तीन साता मैदान बाहिर रहने पल्सर स्पोर्टस अवार्डको सहप्रायोजकमा केल्मीकै निरन्तरता म्यानचेस्टर युनाइटेड छाड्दै आन्द्रे ओनाना

दक्षिण अफ्रिकाविरुद्ध इङ्ल्यान्डको कीर्तिमानी जित

काठमाडौं । इङ्ल्यान्डले दक्षिण अफ्रिकाविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा कीर्तिमानी जित दर्ता गरेको छ ।

द रोज ओभलमा आइतबार इङ्ल्यान्डले ३४२ रनको सानदार जित निकाल्यो । यो एकदिवसीय क्रिकेट इतिहासकै सबैभन्दा ठूलो अन्तरको जित हो ।

जितका बाबजुद इङ्ल्यान्डले शृंखला भने २-१ ले गुमायो । यसअघि दक्षिण अफ्रिका सात विकेट र पाँच रनले विजयी भएको थियो ।

इङ्ल्यान्डले प्रस्तुत गरेको ४१५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २०.५ ओभरमा ७२ रनमै समेटियो ।  दक्षिण अफ्रिकाका लागि कोर्बिन बोशले २०, केशव महाराजले १७ र ट्रिस्टन स्टब्सले १० रन बनाए ।

इङ्ल्यान्डका लागि जोफ्रा आर्चरले चार, आदिल रशिदले तीन र ब्राइडन कार्सेले दुई विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर ४१४ रनको योगफल तयार गरेको थियो । 

इङ्ल्यान्डका लागि ज्याकब बेथलले ८२ बलमा १३ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ११० रनको योगदान गरे । जो रुटले ९६ बलमा ६ चौकासहित १०० रन बनाए ।

यसैगरी जोस बटलरले अविजित ६२, जेमी स्मिथले ६२, बेन डुकेटले ३१ र विल ज्याक्सले अविजित १९ रन जोडे ।

तेस्रो विकेटका लागि बेथल र रुटबीच १८२ रनको साझेदारी भएको थियो । दक्षिण अफ्रिकाका लागि कोर्बिन बोश र केशव महाराजले समान दुई विकेट लिए ।


भिडियो
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS