काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि हुने मिनी अक्सनमा १५० खेलाडी समावेश हुने भएका छन् ।
एनपिएलमा सहभागी आठ टोलीले इच्छाएका तथा नेपाल क्रिकेट संघ(क्यान) को प्राविधिक टोलीले बनाएको मापदण्डमा रहेका १५० खेलाडीलाई अन्तिम सुचीमा समावेश गरिएको हो । अक्सनका लागि ४५८ खेलाडीले नामा दर्ता गरेका छन् ।
श्रेणी ‘ए’ मा ८ जना, ‘बी’मा ३५ तथा ‘सी’ मा १०७ खेलाडी छन् । तर अक्सनमा ३७ खेलाडीमा मात्र बोली लाग्नेछ ।
एनपिएलको पहिलो संस्करणको अक्सनबाट ८८ खेलाडी (मार्की समेत) विभिन्न टोलीमा संलग्न थिए । अक्सनमा बोली लागेका ८८ खेलाडीमध्ये टोलीले दोस्रो संस्करणका लागि ५१ खेलाडीलाई निरन्तरता दिएका छन् ।
अब मिनी अक्सनमा श्रेणी ‘ए’ का चार, ‘बी’ २३ र ‘सी’ १० खेलाडीमा मात्र बोली लाग्नेछ ।
फ्रेन्चाइज टोलीले श्रेणी ‘ए’ का खेलाडीका लागि १०-१५, बी’ का लागि ५-१० तथा ‘सी’ मा रहेकाका लागि २-५ लाख रुपैयाँ खर्चिन पाउने छन् ।
एनपिएलको मिनी अक्सन शनिबार हुँदैछ ।