काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा बिहीबार रोयल च्यालेन्जर्स बेङ्लुरु (आरसिबी) र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा गर्दैछन् ।
खेल बेङ्लुरुको एम चिन्नास्वामी क्रिकेट मैदानमा नेपाली समयअनुसार राति ७ः४५ बजे सुरु हुनेछ ।
रजत पाटीदारको कप्तानीमा रहेको आरसिबी चार खेलमा ६ अंकका साथ तेस्रो स्थानमा छ ।
आरसिबीलाई विराट कोहली, कुर्णाल पाण्डेया, जोश हेजलउड, टिम डेविड जस्ता खेलाडीको साथ रहनेछ ।
यता अघिल्ला तीनै खेलमा जित निकालेको दिल्ली ६ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा छ ।
अक्षर पटेलको कप्तानीमा रहेको दिल्लीलाई फफा डुप्लेसिस, केएल राहुल, मिचेल स्टार्च, कुलदीप यादवजस्ता खेलाडीले साथ दिनेछन् ।
आइएपिएलमा हालसम्म यी दुई टोलीबीच ३१ खेल भएका छन् । जसमा आरसिबीले १९ र दिल्लीले ११ खेल आफ्नो पक्षमा पारेका छन् ।
गत संस्करणमा बेङ्लुरुले ४७ रनको जित निकालेको थियो ।