काठमाडौं । प्रियान्श आर्याको शतकप्रेरित पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्ससामू २२० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मुल्लानपुरस्थित महाराज यादविन्दर सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको घरेलु टोली पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१९ रनको योगफल तयार पार्यो ।
पञ्जाबका लागि प्रियान्शले ४२ बलमा ९ छक्का र सात चौकाको मदद्तले सर्वाधिक १०३ रनको योगदान गरे । यसैगरी शशांक सिंहले ३६ बलमा तीन छक्का र दुई चौकासहित अविजित ५२ र मार्को यानसनले अविजित ३४ रन बनाए ।
शशांकले छैटौं विकेटका लागि प्रियान्शसँग ७१ तथा सातौं विकेटका लागि मार्कोसँग अविजित ६५ रनको साझेदारी गरे ।
चेन्नईका लागि खलिल अहमद र रविचन्द्रन आश्विनले समान दुई तथा मुकेश चौधरी र नुर अहमदले समान एक विकेट लिए ।
भिडियो
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders