काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी यु-१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट खेल्ने नेपाली टोली घोषणा गरेको छ।
क्यानले मंगलबार नरेन भट्टको कप्तानीमा १४ सदस्सीय टोली घोषणा गरेको हो। प्रतियोगिता चैत ३० देखि बैशाख ८ (अप्रिल १२ देखि २१) सम्म नेपालमै हुँदैछ।
प्रतियोगितामा नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इैमिरेट्स (युएई) ले सहभागिता जनाउने छन् ।
प्रारम्भिक टोलीमा रहेका अरविन्द घर्ती, अमर मिश्र, सोहेल कुँवर र नितेश पटेलले अन्ति टोलीमा स्थान बनाउन सकेनन् ।
नेपालले चैत ३१ मा युएईसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी नेपालले बैशाख ३ मा हङकङ र ६ मा अफगानिस्तानको सामना गर्नेछ ।
नेपाली टोली
नरेन भट्ट (कप्तान), साहिल पटेल, दर्श सोनार, विपिनकुमार शर्मा, अभिषेक तिवारी (उपकप्तान), सिव्रिन श्रेष्ठ, दिलसद अली, दयानन्द मण्डल, युवराज खत्री, नीरजकुमार यादव, रोशनकुमार विश्वकर्मा, सन्तोषकुमार यादव, अपराजित पौडेल,