चैत्र ३०, २०८१ शनिबार | १३:०५:३०
बराबरीमा रोकिए पोखरा र झापा लियोनार्ड डे जिल्वा नेपाली रग्बी टोलीको मुख्य प्रशिक्षक नेपाल अपराजित रहँदै फाइनलमा लगातार दोस्रो जितको लक्ष्यमा गोर्खाली र आर्मी पात्रो फेरियो, फेरिएन खेलकुदको नियति व्यस्त क्रिकेटको उतारचढावपूर्ण यात्रा भलिबल वर्ष २०८१ः चर्चित खेलाडी विदेसिए, उपाधिको खडेरी दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल नभएको वर्ष भलिबल वर्ष २०८१: खेलाडीलाई घरेलुमा खेल्न भ्याइनभ्याइ महिला फुटबल वर्षः उपाधि धोको फेरि अधुरो बराबरीमा रोकिए पोखरा र झापा लियोनार्ड डे जिल्वा नेपाली रग्बी टोलीको मुख्य प्रशिक्षक नेपाल अपराजित रहँदै फाइनलमा लगातार दोस्रो जितको लक्ष्यमा गोर्खाली र आर्मी पात्रो फेरियो, फेरिएन खेलकुदको नियति व्यस्त क्रिकेटको उतारचढावपूर्ण यात्रा भलिबल वर्ष २०८१ः चर्चित खेलाडी विदेसिए, उपाधिको खडेरी दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल नभएको वर्ष भलिबल वर्ष २०८१: खेलाडीलाई घरेलुमा खेल्न भ्याइनभ्याइ महिला फुटबल वर्षः उपाधि धोको फेरि अधुरो

दिल्लीको विजयी यात्रा जारी

काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आफ्नो विजयी यात्रालाई तेस्रो खेलसम्म पनि कायम राखेको छ ।

दिल्लीले शनिबार एमए चिदम्बरम क्रिकेट मैदानमा घरेलु टोली चेन्नई सुपर किंग्सविरुद्ध २५ रनको जित निकाल्यो ।

जितसँगै तीन खेलमा ६ अंक जोडेको दिल्ली शीर्षस्थानमा छ । पराजित चेन्नई चार खेलबाट दुई अंकका साथ आठौं स्थानमा छ ।

दिल्लीले प्रस्तुत गरेको १८४ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभर नै ब्याटिङ गरे पनि पाँच विकेट गुमाउँदै १५८ रन मात्रै बनाउन सक्यो ।

चेन्नईका लागि विजय शंकरले ५३ बलमा ५ चौका र एक छक्काको मद्दतले अविजित ६९ रनको योगदान गरे । यसैगरी महेन्द्रसिंह धोनीले अविजित ३०, शिभव दुबेले १८ र डिभोन कोन्वेले १३ रन बनाए ।

छैटौं विकेटका लागि विजय र महेन्द्रसिंहले अविजित ८४ रनको साझेदारी गरे ।  दिल्लीका लागि विप्राज निगमले दुई तथा मिचेल स्टार्क, मुकेश कुमार र कुलदीप यादवले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८३ रनको योगफल तयार पारेको थियो ।

दिल्लीका लागि केएलले ५१ बलमा ६ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ७७ रनको योगदान गरे । यसैगरी अभिषेक पोरेलले ३३, ट्रिस्टन स्टब्सले अविजित २४, कप्तान अक्षर पटेलले २१ र समीर रिज्भीले २० रन बनाए ।

केएलले तेस्रो विकेटका लागि अक्षरसँग ५६ र दोस्रो विकेटका लागि अभिषेकसँग ५३ रनको साझेदारी गरेका थिए ।

चेन्नईका लागि खलिल अहमदले दुई तथा मथिशा पाथिराना, रविन्द्र जडेजा र नुर अहमदले समान एक विकेट लिए ।


भिडियो
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan