माघ ९, २०८२ शुक्रबार | १६:२९:२१
पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य
शनिबारको दिन

एनपिएलले जगमगाएको क्रिकेट वर्ष

काठमाडौं । यो वर्ष नेपालको पुरुष घरेलु क्रिकेट पनि निकै उत्साहपूर्ण रह्यो । नेपाल क्रिकेट संघ (क्यान) ले करिब दुई दशकपछि जय ट्रफी पुरुष एलिट कपका नाममा बहुदिवसीय क्रिकेट प्रतियोगितालाई फर्कायो ।

मार्टिन गप्टिल, शिखर धवन, जिम्मी निसम, रवि बोपारा, बेन कटिङ, स्कट कुगुलेइनजस्ता विश्व क्रिकेटमा नाम कमाएका खेलाडी नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आए ।

क्यानले राजधानीमा मात्रै सीमित प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितालाई पहिलो पटक पूर्ण रूपमा काठमाडौं उपत्यकाबाहिर सञ्चालन गरेको थियो ।

पुरुषका घरेलु प्रतियोगिता

नेपाल प्रिमियर लिग (एनपिएल)

क्यानले पहिलो पटक फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आयोजना गर्यो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंसिर १५ देखि पुस ६ सम्म भएको प्रतियोगितामा ८ फ्रेन्चाइज टोलीको सहभागिता थियो ।

प्रतियोगितामा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गरेका थिए । विश्व क्रिकेटका हस्तीहरूको आगमनले पनि एनपिएललाई विशेष बनाएको थियो ।

एनसपिएलका दौरान शिखर धनव, तस्विरः सरोज सापकोटा/खेलाडी । 

मार्टिन गप्टिलले विराटनगर, जिम्मी निसमले जनकपुर, शिखर धवनले कर्णाली, रवि बोपाराले चितवन, बेन कटिङले लुम्बिनी, स्कट कुगुलेइनले सुदूरपश्चिमबाट खेलेका थिए । यीबाहेक एसोसिएट राष्ट्रका चर्चित खेलाडीहरू पनि एनपिएलमा नेपाली भूमिमा आएर खेलेका थिए ।

फाइनलमा सुदूरपश्चिमविरुद्ध ५ विकेटको जित निकाल्दै जनकपुर एनपिएलको पहिलो संस्करणमा च्याम्पियन बन्यो ।

जय ट्रफी एलिट कप

जय ट्रफी पुरुष एलिट कप बहुदिवसीय क्रिकेट प्रतियोगिता पुस २१ देखि माघ ३ सम्म जनकपुर र वीरगन्जमा भएको थियो । क्यानले करिब दुई दशकपछि घरेलु क्रिकेटमा बहुदिवसीय क्रिकेट संरचना फर्काएको हो । प्रतियोगितामा लिग चरणका खेल दुई र फाइनल तीन दिवसीय भएको थियो ।

जय ट्रफीकाे च्याम्पियन नेपाल पुलिस क्लब, तस्विरः क्यान । 

प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, मधेश प्रदेश र बागमती प्रदेशको सहभागिता रहेको थियो । गत वर्ष भएको प्रधानमन्त्री कपका शीर्ष चार टोलीले जय ट्रफीमा प्रतिस्पर्धा गरेका थिए । वीरगन्जको नारायणी क्रिकेट मैदानमा सम्पन्न फाइनलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई २८ रनले निराश बनाउँदै पुलिसले प्रतियोगिताको उपाधि आफ्नो नाममा गरायो ।

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय प्रतियोगिता

प्रधानमन्त्री कपको यस संस्करण लुम्बिनी प्रदेशका तीन क्रिकेट मैदानमा भएको थियो । क्यानले यो प्रतियोगितालाई पहिलो पटक पूर्ण रूपमा काठमाडौं उपत्यकाबाहिर गरेको थियो । प्रतियोगितामा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा तीन विभागीय टोली नेपाल पुलिस, एपिएफ र त्रिभुवन आर्मी क्लबको सहभागिता थियो ।

भैरहवाको एक्स्ट्राटेक ओभलमा भएको फाइनलमा विभागीय प्रतिद्वन्द्वी आर्मीलाई ६ विकेटले पराजित गर्दै पुलिस लगातार दोस्रो पटक च्याम्पियन बनेको थियो ।

प्रधानमन्त्री कपमा प्रतिस्पर्धा गर्दै एपिएफ र पुलिस, तस्विरः क्यान । 

प्रतियोगिताबाट यी दुईसँगै शीर्ष चारमा अटाएका एपिएफ र बागमती प्रदेशले अर्को वर्ष हुन जय ट्रफी पुरुष एलिट कपमा स्थान सुरक्षित गरेका छन् ।

यसबाहेक यो वर्ष कोशी ट्रफी, अर्जुन ट्रफी, केपी ओली कप राष्ट्रिय ट्वान्टी-२० जस्ता घरेलु प्रतियोगिता आयोजना भएको थियो ।

उमेर समूह यो वर्ष उमेर समूहमा नरेश श्रेष्ठ स्मृति यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता मात्रै आयोजना भयो । कात्तिक १० देखि २१ सम्म विराटनगरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा सम्पन्न प्रतियोगितामा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गरेका थिए । फाइनलमा लुम्बिनीलाई ८ रनले पराजित गर्दै सुदूरपश्चिमले उपाधि रक्षा गरेको थियो ।