फाल्गुन ३, २०८२ आइतबार | २२:३३:३६
जावलाखेल आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा नेपाललाई हराउँदै वेस्ट इण्डिज सुपर ८ मा नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? जावलाखेल आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा नेपाललाई हराउँदै वेस्ट इण्डिज सुपर ८ मा नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ?
शनिबारको दिन

महिला फुटबल वर्षः उपाधि धोको फेरि अधुरो

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबलको अन्तर्राष्ट्रिय उपाधिको धोको वर्ष २०८१ मा पनि पूरा हुन सकेन । नेपाली टोलीले घरेलु भूमिमा नौ अन्तर्राष्ट्रिय खेल खेल्यो । त्यसमध्ये टोली दुई खेलमा पराजित भयो । दुवै हार नेपालले फाइनलमा बेहोरेको हो ।

कात्तिक महिनामा नेपालले लगातार तेस्रो संस्करण दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको आयोजना गरेको थियो । साफ च्याम्पियनसिप इतिहासकै सबैभन्दा धेरै फाइनल खेल्ने टोली बनेको नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशविरुद्ध फाइनल खेल्यो । महिला साफ च्याम्पियनसिपमा नेपालको यो छैटौं फाइनल थियो ।

नेपाली चेलीहरूले विपक्षी पोस्टमा कुल २३ गोल गर्दा ७ गोल सामना गरेका थिए । 

च्याम्पियनसिपको सबैभन्दा सफल टोली भारतविरुद्ध सेमिफाइनलमा नाटकीय जित हासिल गर्दै नेपालले उपाधि जित्न नसकेको विडम्बनापूर्ण इतिहास परिवर्तन गर्ने लक्ष्यसाथ मैदान उत्रिएको थियो । तर, करिब साढे १५ हजार घरेलु समर्थकलाई निराश पार्दै बंगलादेशले लगातार दोस्रो पटक साफको उपाधि जित्यो । बंगलादेशले फाइनल २-१ ले आफ्नो पक्षमा पारेको थियो ।

साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपाललाई हराएपछि बंगलादेशी टोली, तस्विरः सरोज सापकोटा/खेलाडी ।

बंगलादेशविरुद्धको त्यो पीडादायी हारको चार महिनापछि मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा नेपालले अर्को फाइनल खेल्यो । नेपालले फागुनमा चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आयोजना गरेको थियो । राउन्ड रोबिन पद्धतिमा खेलाइएको प्रतियोगितामा शीर्ष दुईभित्र अटाएको नेपालले फाइनलमा म्यानमारसँग प्रतिस्पर्धा गरेको हो । यसपालि पनि घरेलु समर्थक निराश बने । म्यानमारले नेपालमाथि २-० को सहज जित रच्यो । अन्तर्राष्ट्रिय फुटबलमा नेपालको यो १३औं फाइनल हार थियो ।

नेपाली चेलीहरूले विपक्षी पोस्टमा कुल २३ गोल गर्दा ७ गोल सामना गरेका थिए । सबैभन्दा धेरै गोल माल्दिभ्सविरुद्ध सम्भव भयो । यो हुन आउँछ प्रतिखेल साढे २ गोल । नेपाली टोलीले साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणको दोस्रो खेलमा ११-० को फराकिलो जित पाएको थियो । माल्दिभ्सअघि नेपालले आफ्नो पहिलो खेलमा भुटानविरुद्ध दुर्भाग्यजनक बराबरी खेलेको थियो । नेपालले भुटानको पोस्टमा गोल गर्न नसकेको यो नै पहिलो पटक हो । उता भुटान इतिहासमा पहिलो पटक नेपालविरुद्ध अंक हासिल गर्न सफल रह्यो ।

उपाधिबाट विमुख हुनुपरेको इतिहासलाई जसरी पनि परिवर्तन गर्नुपर्ने बाध्यकारी गन्तव्यमा रुमल्लिरहेको नेपाली टोलीले वर्ष २०८२ को असार महिनामा पहिलो अन्तर्राष्ट्रिय खेल खेल्नेछ ।

फरवार्ड रेखा पौडेल यस वर्ष टोलीको उच्च गोलकर्ता रहिन् । उनले ७ गोल गरिन् । माल्दिभ्सविरुद्ध मात्र उनी एक्लैले ५ गोल गरेकी थिइन् । बाँकी दुई गोल उनले साफ च्याम्पियनसिपकै समूह चरणको तेस्रो खेलमा श्रीलंकाविरुद्ध गरेकी हुन् । त्यस्तै दक्षिण एसियाकै सर्वाधिक गोलकर्ता रहेकी सावित्रा भण्डारीले ४ गोल गरिन् । यसबाहेक अमिषा कार्की, प्रीति राई र सविता रानामगरले समान तीन गोल गर्दा अनिता केसी, रश्मिकुमारी घिसिङ र विमला चौधरीको नाममा १-१ गोल रह्यो ।

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५ को फाइनलमा घरेलु टोली नेपालविरुद्ध प्रतिस्पर्धा गर्दै म्यानमार, तस्विरः सरोज सापकोटा/खेलाडी ।

नेपालले पहिलो हाफमा १२ गोल गर्दा दोस्रो हाफमा ११ गोल भए । रेखासँगै प्रीति राई ह्याट्रिक गोल गर्ने खेलाडी रहिन् । प्रीतिले पनि यो सफलता माल्दिभ्सविरुद्ध प्राप्त गरेकी हुन् ।

उपाधिबाट विमुख हुनुपरेको इतिहासलाई जसरी पनि परिवर्तन गर्नुपर्ने बाध्यकारी गन्तव्यमा रुमल्लिरहेको नेपाली टोलीले वर्ष २०८२ को असार महिनामा पहिलो अन्तर्राष्ट्रिय खेल खेल्नेछ ।

जुन महिनाको अन्तिम साता नेपाली टोलीले उज्वेकिस्तानको भ्रमण गर्ने तालिका छ । उज्वेकिस्तानमा नेपालले घरेलु टोलीसँगै लाओस र श्रीलंकासँग २०२६ एएफसी महिला एसिया कप छनोट खेल्नेछ । समूह ‘एफ’मा रहेका यी चार टोलीमध्ये एक टोलीले अर्को वर्षको मार्चमा अस्ट्रेलियामा हुने एसिया कपमा स्थान पक्का गर्नेछ । सिंगल राउन्ड रोबिन पद्धतिमा हुन लागेको छनोट प्रतियोगितामा नेपालले शीर्षस्थान हासिल गरेको खण्डमा नेपाली टोलीले वर्ष २०८२ मा बाक्लो अन्तर्राष्ट्रिय एक्सपोजर पाउने अनुमान गर्न सकिन्छ ।