चैत्र १३, २०८२ शुक्रबार | ०८:०१:३२
पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा
शनिबारको दिन

महिला क्रिकेटः उत्साहजनक वर्ष

काठमाडौं । यो वर्ष नेपाली महिला क्रिकेटका लागि पनि सुखद रह्यो । विशेष गरी उमेर समूहमा । नेपाली युवा टोलीले आइसिसी यु-१९ विश्वकपमा स्थान बनायो । यो कुनै पनि नेपाली महिला क्रिकेट टोलीले खेलेको पहिलो विश्वकप थियो ।

यु-१९ टोलीले एसिसी एसिया कपमा पनि प्रतिस्पर्धा गर्यो । राष्ट्रिय टोलीले पनि एसिया कप र केही शृंखलामा सहभागिता जनायो ।

यु-१९ एसिया कपमा टेस्ट मान्यता प्राप्त पाकिस्तानलाई हराएर नेपालले सनसनी मच्चाएको थियो । 

महिला राष्ट्रिय टोलीले खेलेको अन्तर्राष्ट्रिय प्रतियोगिता

एसिसी एसिया कप

एसिया कपमा भारतसँग प्रतिस्पर्धा गर्दै नेपाल । 

नेपालले साउन ४ देखि १३ गतेसम्म श्रीलंकामा भएको एसिसी महिला एसिया कप क्रिकेटमा सहभागिता जनाएको थियो । प्रतियोगितामा नेपालले २ हार र १ जितको नतिजा निकाल्यो ।

युएईलाई ६ विकेटले पराजित गरेको नेपालले पाकिस्तानसँग ९ विकेट र भारतसँग ८२ रनको हार बेहोरेको थियो ।

नेदरल्यान्ड्स र थाइल्यान्डसँग त्रिकोणात्मक शृंखला

नेपालले घरेलु मैदानमै नेदरल्यान्ड्स र थाइल्यान्डलाई बोलाएर ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो । माघ १७ देखि २५ सम्म भएको प्रतियोगिता नेपालका लागि भने सुखद रहन सकेन ।

प्रतियोगितामा नेपालले सबै खेल गुमायो । नेपालले नेदरल्यान्ड्ससँगको तीन खेल क्रमशः २१ रन, १५ रन र १० विकेटको हार बेहोर्यो । नेपालले थाइल्यान्डसँगको तीन खेल क्रमशः ४ विकेट, ५ रन र ७ विकेटले गुमायो । थाइल्यान्ड शृंखलाको च्याम्पियन बनेको थियो ।

त्रिकोणात्मक शृंखलामा थाइल्यान्डविरुद्ध विकेट लिएपछि खुसीयाली मनाउँदै नेपाली खेलाडी, तस्विरः सरोज सापकोटा/ खेलाडी । 

युगान्डामा चारदेशीय ट्वान्टी-२० शृंखला

नेपालले युगान्डामा फागुन २४ देखि पुस ३ सम्म भएको चारदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो । शृंखलामा नेपाल, हङकङ, नामिबया र घरेलु टोली युगान्डाले सहभागिता जनाएको थियो ।

शृंखलामा नेपालले ५ हार र २ जित निकाल्दा १ खेल वर्षाका कारण हुन सकेन । नेपालले हङकङलाई ६ र युगान्डालाई एक विकेटले पराजित गरेको थियो । नेपालले नामिबियासँग ६ विकेट र २३ रन, हङकङसँग पहिलो खेलमा २ रन तथा युगान्डासँग दोस्रो खेलमा ४० रनको हार बेहोरेको थियो । हङकङसँग तेस्रो स्थानका लागि तय खेल भने वर्षाका कारण हुन सकेन ।

चार देशसम्मितिल शृंखलामा हङकङविरुद्ध प्रतिस्पर्धा गर्दै नेपाल । 

युवा टोलीनेपाली युवा टोलीले यो वर्ष एसिसी महिला यु-१९ एसिया कप र आइसिसी महिला यु-१९ विश्वकपमा सहभागिता जनाएको थियो ।

एसिया कप

एसिसी महिला यु-१९ एसिया कप मंसिर ३० देखि पुस ७ सम्म मलेसियामा भएको थियो । प्रतियोगितामा नेपालले ४ खेल खेल्दा समान १ हार–जितको नतिजा निकाल्दा २ खेल वर्षाका कारण हुन सकेन ।

नेपालले समूह चरणमा पाकिस्तानविरुद्ध ६ विकेटको जित निकाल्दै सनसनी मच्चाएको थियो । नेपालको कुनै पनि क्रिकेट टोलीले पाकिस्तानलाई हराएको यो पहिलो पटक थियो ।

यु-१९ एसिया कपमा पाकिस्तानविरुद्ध विकेट लिएपछि खुसीयाली मनाउँदै नेपाली खेलाडी । 

समूह चरणमा भारत तथा सुपर फोरमा श्रीलंकाविरुद्धको खेल भने वर्षाका कारण हुने सकेन । सुपर फोरको अन्तिम खेलमा नेपाल बंगलादेशसँग ९ रनले पराजित भएको थियो ।

विश्वकप

आइसिसी महिला यु-१९ विश्वकप माघ ५ देखि २० सम्म मलेसियामा भएको थियो । पहिलो पटक प्रतियोगितामा सहभागिता जनाएको नेपालले तीनै खेलमा हार बेहोर्यो ।

नेपाल बंगलादेशसँग ५ विकेट, स्कटल्यान्डसँग १ विकेट र अस्ट्रेलियासँग ८३ रनले पराजित भएको थियो ।

यु-१९ विश्वकपमा बंगलादेशविरुद्ध  ब्याटिङ गर्दै सोनी  पाख्रिन । 

घरेलु प्रतियोगिता यो वर्ष पनि सिनियर स्तरमा ललितपुर मेयर कप महिला च्याम्पियनसिप र प्रधानमन्त्री कप राट्रिय महिला गरी दुई क्रिकेट प्रतियोगिता भएको थियो । 

ललितपुर मेयर कप

ललितपुर मेयर कप २०८० चैत २९ देखि सुरु भएर २०८१ वैशाख ६ मा सकिएको थियो । बागमती, सुदूरपश्चिम र कोशी प्रदेश, विभागीय टोली नेपाल एपिएफ क्लब तथा ललितपुर मेयर ११ गरी ५ टोलीले सहभागिता जनाएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न फाइनलमा सुदूरपश्मिमविरुद्ध २ रनको जित निकाल्दै एपिएफ च्याम्पियन बन्यो ।

प्रधानमन्त्री कप

एपिएफको महिला टोली, तस्विरः क्यान ।

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता माघ १ देखि १२ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको थियो । प्रतियोगितामा दुई विभागीय नेपाल एपिएफ र त्रिभुवन आर्मी क्लब तथा सात प्रदेश टोली कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको सहभागिता थियो ।

आर्मीले पहिलो पटक प्रतियोगितामा प्रतिस्पर्धा गरेको थियो । यो नेपाली महिला क्रिकेटका लागि सुखद पक्ष रह्यो । प्रतियोगितामा यस पटक पनि एपिएफ नै हाबी बन्यो ।

फाइनलमा एपिएफले सुदूरपश्चिमविरुद्ध ९ विकेटको सहज जित निकाल्यो । एपिएफ सातौं पटक च्याम्पियन बनेको हो ।