पुस १, २०८१ सोमबार | १७:१२:३६
भारत जाने मुवाँथाइ टोलीको बिदाइ जावलाखेलले संकटालाई हरायो पाकिस्तानविरुद्ध नेपालको एतिहासिक जित पहिलो अभ्यास खेलमा नेपाल विजयी पाकिस्तानले दियो नेपाललाई १०५ रनको लक्ष्य एनपिएलको प्लेअफ समीकरण पूरा सुदूरपश्चिमको छैटौं जित, हारका बबजुद कर्णाली प्लेअफमा कर्णाीलीले दियो सुदूरपश्चिमलाई १०२ रनको लक्ष्य कर्णालीले पावरप्लेमा बनायो ३५ रन अंक दूरी घटाउँदै चेल्सी भारत जाने मुवाँथाइ टोलीको बिदाइ जावलाखेलले संकटालाई हरायो पाकिस्तानविरुद्ध नेपालको एतिहासिक जित पहिलो अभ्यास खेलमा नेपाल विजयी पाकिस्तानले दियो नेपाललाई १०५ रनको लक्ष्य एनपिएलको प्लेअफ समीकरण पूरा सुदूरपश्चिमको छैटौं जित, हारका बबजुद कर्णाली प्लेअफमा कर्णाीलीले दियो सुदूरपश्चिमलाई १०२ रनको लक्ष्य कर्णालीले पावरप्लेमा बनायो ३५ रन अंक दूरी घटाउँदै चेल्सी

पाकिस्तानविरुद्ध नेपालको एतिहासिक जित

विकेटको खुसीयाली मनाउँदै नेपाली खेलाडी, तस्विरः क्यान ।

काठमाडौं । नेपालले एसिसी महिला यु-१९ एसिया कपमा सोमबार पाकिस्तानविरुद्ध ६ विकेटको ऐतिहासिक जित दर्ता गरेको छ । नेपालले कुनै पनि स्तरमा पहिलो पटक पाकिस्तानलाई हराएको हो । 

जितसँगै दुई अंक जोडेको नेपालले समूह ‘बी’ बाट सुपर-४ मा स्थान पक्का गरेको छ । लगातार दोस्रो पराजय ब्यहोरेको पाकिस्तान समूह चरणबाटै बाहिरिएको छ ।

पाकिस्तान पहिलो खेलमा भारतसँग ९ विकेटले पराजित भएको थियो । अब नेपालले मंगलबार भारतको सामना गर्नेछ । 

पाकिस्तानविरुद्ध ब्याटिङ गर्दै पूजा महतो (दायाँ) र साना प्रविन ,तस्विरः क्यान । 

मलेसियाको बायोमास क्रिकेट मैदानमा पाकिस्तानले प्रस्तुत गरेको १०५ रनको लक्ष्य नेपालले १९.१ ओभरमा चार विकेट गुमाउँदे पूरा गर्यो ।

नेपालका लागि कप्तान पूजा महतोले ४७ बलमा तीन चौकाको मद्दतले अविजित ४७ रनको योगदान गरिन् । यसैगरी सोनी पाख्रिले १३, सिमान केसीले अविजित १२ र सान प्रविनले १० रन बनाए ।

पाकिस्तानका लागि फतिमा खान र क्वारातुलियनले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०४ रनको योगफल तयार पारेको थियो  ।

पाकिस्तानका लागि कोमल खानल ३८, महम एनिसले अविजित १९, राभाली फरानले १३  र जोफिशान अयाजले १२ रन बनाए ।

नेपालका लागि कप्तान पूजा महतोले दुई तथा रचनाकुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले समान एक विकेट लिए । 
 


भिडियो
ब्याटिङ राम्रो भए उपाधि जित्छौंः Gyanendra Malla
उपाधि सुदूरपश्चिम नै जित्छः Dipendra Singh Airee
POKHARA AVENGERS विरुद्ध पाँच विकेट लिएका SUDURPASCHIM ROYALS का SCOTT KUGGELEIJN
KUSHAL BHURTEL भन्छन्ः NPL को कार पाउनेमा KUSHAL MALLA को सम्भावना बढि छ ।। POKHARA AVENGERS
SANDEEP LAMICHHANE लाई यसपाली भाग्यको राम्रो साथ नमिलेको प्रशिक्षक Kevin O'Brien को बुझाईं II NPL
KATHMANDU GURKHAS का कप्तान KARAN KC भन्छन्ः SUDURPASCHIM ROYALS ले NPL जित्न सक्छ
चाहिने खेलमा रन बन्योः kushal Malla