असार २२, २०८२ आइतबार | ०२:१३:२४
पेनाल्टी सुटआउटमा पराजित भएपछि नेपालको एसियन कप पुग्ने सपना समाप्त नेपाल र उज्वेकिस्तानको भविष्य पेनाल्टी सुटआउटबाट निर्धारण हुने उज्वेकिस्तानविरुद्ध सावित्राको ह्याट्रिक, नेपाल खेलमा फर्कियो पहिलो हाफमा नेपाल दुई गोलले पछाडि विश्व ब्याडमिन्टन दिवस नेपालमा पनि मनाइयो भारत एएफसी महिला एसियन कपमा छनोट पूर्व राष्ट्रिय खेलाडी प्रलय राजभण्डारीको कम्पनीले नेपाल एएफसी महिला एसियन कपमा छनोट भए पुरस्कार प्रदान गर्ने घोषणा उज्वेकिस्तानविरुद्ध पूजालाई मौका, प्रीतिलाई आराम आर्मी च्याम्पियन नेपालले गर्यो उपाधि रक्षा पेनाल्टी सुटआउटमा पराजित भएपछि नेपालको एसियन कप पुग्ने सपना समाप्त नेपाल र उज्वेकिस्तानको भविष्य पेनाल्टी सुटआउटबाट निर्धारण हुने उज्वेकिस्तानविरुद्ध सावित्राको ह्याट्रिक, नेपाल खेलमा फर्कियो पहिलो हाफमा नेपाल दुई गोलले पछाडि विश्व ब्याडमिन्टन दिवस नेपालमा पनि मनाइयो भारत एएफसी महिला एसियन कपमा छनोट पूर्व राष्ट्रिय खेलाडी प्रलय राजभण्डारीको कम्पनीले नेपाल एएफसी महिला एसियन कपमा छनोट भए पुरस्कार प्रदान गर्ने घोषणा उज्वेकिस्तानविरुद्ध पूजालाई मौका, प्रीतिलाई आराम आर्मी च्याम्पियन नेपालले गर्यो उपाधि रक्षा

बोपाराको अर्धशतकमा चितवनले कर्णालीलाई दियो १३१ रनको लक्ष्य

फाइल तस्विर

काठमाडौं । इङ्लिस ब्याटर रवी बोपाराको अर्धशतकप्रेरित चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सविरुद्ध  रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरको समाप्तिमा सात विकेट गुमाउँदै १३० रनको योगफल तयार पार्यो ।

चितवनका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका बोपाराले ४० बलमा सात चौका र एक छक्कासहित ५९ रनको अविजित पारी खेले । त्यस्तै कप्तान कुशल मल्ले २७ बलमा दुई चौका र एक छक्कासहित २३ रन बनाउँदा तेस्रो नम्बरका ब्याटर विपीन रावलले १५ बलमा एक चौकासहित ११ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कर्णालीका लागि विपीन शर्माले चार ओभरमा २१ रन खर्चिँदै सर्वाधिक तीन विकेट लिए । त्यस्तै जिसन मक्सुदले दुई विकेट लिँदा सोमपाल कामी र नन्दन यादवको नाममा समान एक विकेट रह्यो ।

प्रतियोगितामा बोपाराको यो लगातार दोसे अर्धशतक हो । बोपाराले यसअघि चितवनको दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ३८ बलमा समान तीन चौका र छक्कासहित ५१ रनको पारी खेलेको थिए । जारी एनपिएलको यो नवौं अर्धशतक हो ।

पहिलो ओभरको पाँचौं बलमा कप्तान सोमपाल कामीले ओपनर लुक बेन्केनस्टेइनलाई रनको खाता पनि खोल्न नदिइ बोल्ड गरेका थिए । चौथो ओभरको पाँचौैं बलमा नन्दन यादवले आठ रन बनाएर खेलिरहेका अर्का ओपनर दीपक बोहरालाई देव खनालबाट क्याच गराए । छैटौं ओभरको पहिलो बलमा जिसन मक्सुले विपिन रावललाई व्यक्तिगत ११ रनमा बोल्ड गरे ।

ब्याटिङ पावरप्लेमा चितवनले मात्र २८ रन जोड्न सक्यो । विपिनपछि क्रिजमा आएका कुशल मल्ल र बोपाराले चौथो विकेटका लागि ६० रनको साझेदारी गरे ।

१४औं ओभरको तेस्रो बलमा मक्सुदले नै कुशलको विकेट लिएर कर्णालीलाई ब्रेक थ्रु दिलाए । गुल्सन झाबाट क्याच भएका कुशलले २७ बलमा दुई चौका र एक छक्कासहित २३ रनको योगदान गरे ।

१६औं ओभरको अन्तिम बलमा चितवनले जीवनदान पायो । मक्सुदको बलमा लोफ्टी इटनको क्याच अर्जन घर्तीले ड्रप गरे । तर, इटनलाई लगत्तैको ओभरमा भाग्यले साथ दिएन । विपीन शर्माको बलमा उनी एलबिडब्ल्युको शिकार बन्दै पेभिलियन फर्किए । त्यसको दोस्रो बलमै विपीनले चितवनलाई अर्को सफलता दिलाउ । सोहेल तनवीर खाता नै खोल्न नपाई बोल्ड भए । त्यसपछि क्रिजमा आएका अमर रौटेला पनि १९औं ओभरको चौथो बलमा पेभिलियन फर्किए । आठ बलमा एक चौकासहित ९ रन बनाएका रौटेला पनि विपीनबाटै बोल्ड भए ।

चितवनले १७.३ बलमा एक सय रनको आँकडा पूरा गरेको हो । त्यसपछि उसले १५ बलमा थप ३० रन जोड्यो ।
 


भिडियो
उज्वेकिस्तानको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
Private video
NEPAL VS UZBEKISTAN को खेलमा बराबरी भए के हुन्छ ? AFC ASIAN CUP QUALIFIERS
KHELADI TALKS WITH AJAY PHUYAL II BIKRAM LAMA II PRESIDENT, ALL NEPAL FOOTBALL PLAYERS ASSOCATION
NEPAL VS UZBEKISTAN II MATCH PREVIEW II साम्बा, रेणुका र गितामा बढि भर छ II JIBESH KUMAR PANDEY
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
साहसिक पर्यटनको ब्राण्ड बनेका BIKRAM PANDEKAAJI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL