आश्विन ३, २०८१ बिहीबार | ०६:५१:००
पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने

आत्मविश्वासी नेपाली टिम

बिदाइपछि नेपाली टोली तस्विर खिचाउँदै ।

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप लिग-२ अन्तर्गत क्यानाडा र अमेरिकामा हुने दुई त्रिकोणात्मक शृंखलाका लागि नेपाली क्रिकेट टोली मंगलबार साँझ क्यानाडा प्रस्थान गर्यो । नयाँ उर्जाका साथ, नयाँ जिम्मेवारीका साथ, एसोसियट पावरहाउस हौं भन्ने प्रमाणित गर्न ।

मंगलबार बिहान नेपाल क्रिकेट संघ(क्यान)ले त्रिकोणात्मक शृंखलामा जाने खेलाडी र अफिसियललाई एक कार्यक्रममाझ बिदाई गरेको थियो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद(राखेप)का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्का, प्रवक्ता छुम्बी लामालगायतले बिदाइ गरेका थिए ।

घरेलु मैदानमा भएको लिग-२ को पहिलो शृंखलामा नेपालले सोचेअनुरुपको नतिजा ल्याउन सकेको थिएन । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पाहु्ना टोली नामिबिया र नेदरल्यान्ड्सविरुद्ध समान दुई खेल खेलेको नेपालले मात्र एक जित हासिल गरेको थियो । जसको परिणाम, नेपाल अहिले अंकतालिकाको सातौं स्थानमा छ । त्यसैले पनि आउँदै गरेको शृंखला नेपालका लागि महत्वपूर्ण छ ।

क्यानडा शृंखलामा खेल्ने अर्को टोलीको ओमान । यो शृंखला सेप्टेम्बर १६ देखि सेप्टेम्बर २६ सम्म हुनेछ । क्यानडामा चार खेल खेलेपछि नेपाल अमेरिका प्रस्थान गर्नेछ, जहाँ नेपालले घरेलु टोली र स्कट्ल्यान्डसँग समान दुई खेल खेल्नेछ । यस हिसाबमा नेपाल दुई महिना देशबाहिर रहनेछ ।

नेपाली टोलीको बिदाइ गरिदै । 

बिदाई कार्यक्रममा मुख्य प्रशिक्षक मोन्टी देसाईले घरेलु भूमिमा अंक गुमाउन पर्दा दुःख लागेको र फेब्रुअरीमा भएको घरेलु शृंखलालाई एउटा पाठका रुपमा लिएको प्रतिक्रिया दिए । ‘घरेलु भूमिमा हामीले घरेलु समर्थकलाई निराश बनायौं । यसलाई मैले एउटा सिक्न सकिने पाठका रुपमा लिएको छु,’ देसाईले भने, ‘खेलमा कहिले जितिन्छ त कहिले हारिन्छ । यो हाम्रो हातमा हुन्न । आउने दुई शृंखलामा हामी जिम्मेवारीअनुरुपको भूमिका निर्वाह गर्नेछौं ।’

नेपालले क्यानाडा र अमेरिका टुरको तयारीस्वरुप बेङ्लोरमा दुई हप्ताको बन्द प्रशिक्षण गरेको थियो । त्यसपछि टोली श्रीलंका डेभलपमेन्ट-११ सँग तीन खेलको एकदिवसीय अभ्यास खेल खेल्न श्रीलंका प्रस्थान गरेको थियो । तर, त्यहाँ नेपालले सोचेअनुरुपको प्रदर्शन गर्न सकेन । पहिलो र दोस्रो खेल भारी वर्षाका कारण टस समेत हुन नपाइ रद्द भएको थियो भने अन्तिम खेलमा नेपालले पाँच विकेटको पराजय ब्यहोर्यो । नेपालले उक्त खेलमा पहिले ब्याटिङ गर्दै मात्र १६० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । जसलाई विपक्षी टोलीले २६.५ ओभरमा पाँच विकेट गुमाउँदै पुरा गर्यो ।

नतिजा आफ्नो पक्षमा नआए पनि देसाईले बन्द प्रशिक्षण र श्रीलंका टुर सफल भएको प्रतिक्रिया दिए । उनले भने, ‘ बेङ्लोरमा हामीले दुई हप्ता राम्ररी प्रशिक्षण गर्न पायौं । भारतीय क्रिकेट बोर्डलाई म यसको लागि धन्यवाद दिन चाहन्छु । हामीले पहिलो शृंखलामा भएका कमि कमजोरीलाई ध्यानमा राखेर योजनावद्ध प्रशिक्षण गरेका छौं । श्रीलंकामा वर्षा बाधक बन्यो र अन्तिम खेलमा हार बेहोरे पनि टोलीको प्रदर्शनमा म सन्तुष्ट छु । यो तयारी र अभ्यास खेलले टोलीमा उर्जा थपिएको छ ।’

श्रीलंकामा नियमित कप्तान रोहितकुमार पौडेलको अनुपस्थितिमा सिनियर खेलाडी सोमपाल कामीले नेपाली टोलीको नेतृत्व गरेका थिए । रोहितसँगै दीपेन्द्रसिंह ऐरी ग्लोबल ट्वान्टी-२० लिगपछि पनि  क्यानाडामै रहेकाले टोली यी दुई महत्वपूर्ण खेलाडीविना नै टोली बेङ्लोर र श्रीलंका पुगेको थियो । मंगलबार सिनियर खेलाडीको हैसियतमा बिदाइ कार्यक्रममा स्पिनर सन्दीप लामिछानेले टोलीको नेतृत्व गरे ।

बिदाइ कार्यक्रममा आफ्नो धारणा राख्दै सन्दीप लामिछाने, तस्विर क्यान । 

पछिल्लो केही वर्ष व्यक्तिगत कारण टोलीमा इन आउट रहेका सन्दीपले क्यानाडा र अमेरिका शृंखलाका नेपाली टोलीका लागि प्रमाणित गर्ने अवसर रहेको प्रतिक्रिया दिए ।

‘हामीसँग विश्व क्रिकेटलाई प्रमाणित गर्ने आत्मविश्वास छ । पहिलो शृंखलामा सोचेअनुरुपको प्रदर्शन भएन । तर, यसपालि हामी एसोसियटमा शीर्ष टोली नेपालनै हो भन्ने प्रमाणित गर्न लागि परेका छौं । यसमा सबैजना तयार छन्, ’ सन्दीपले भने, ‘नेपाली टोलीसँग बाहिर देशमा राम्रो नतिजा ल्याउने क्षमता छ ।’

नेपाली टोलीले गत जुनमा दोस्रो पटक अमेरिकामा ट्वान्टी-२० विश्वकप खेलेको थियो । विश्वकप सकिएको साढे दुई महिना भइसक्यो । यस अवधिमा नेपालले कुनै पनि आधिकारिक एकदिवसीय खेल खेलेको छैन । नेपालका लागि यो कुरा भने चुनौतीको विषय रहनेछ । तर, सन्दीप भने यसमा सकारात्मक रहे । उनले व्यावसायिक खेलाडी भएपछि यस्ता चुनौतीका सामना गर्न सिक्नुपर्ने बताए ।

‘मलाई लाग्दैन हामीले ट्वान्टी-२० खेल मात्र खेलेका छौं । दुवै फर्म्याटमा हामी सन्तुलित छौं,’ सन्दीपले भने, ‘व्यावसयिक खेलाडी भएपछि हामीले बहाना बनाउनु हुन्न । हाम्रा अगाडि चुनौतीहरु धेरै छन् । यसका लागि हामी तयार छौं ।’

श्रीलंकामा अभ्यास गर्दै नेपाली टोली, फाइल तस्विरः क्यान ।

अमेरिकाले भिसामा रोक लगाएपछि विश्वकपका सुरुआती दुई खेल गुमाएका सन्दीप यसपालि पनि केही दिनपछि मात्र टोलीसँग जोडिदैछन् । बलात्कार मुद्दामा सफाइ पाउनुका बावजुद सन्दीपलाई अमेरिकाले विश्वकपका लागि भिसा दिएको थिएन । तर, क्यानका अनुसार सन्दीपको भिसाको काम अन्तिम चरणमा पुगेको छ र उनी केही दिनमै टोलीसँग जोडिनेछन् ।

त्यसैगरि कार्यक्रममा राष्ट्रिय टोलीका पूर्व कप्तान पनि रहेका पारस खड्काले टोलीले राम्रो प्रदर्शन गर्नेमा विश्वस्त रहेको प्रतिक्रिया दिए । उनले भने, ‘नेपाल बाहिर हाम्रो रेकर्ड राम्रो छ । मलाई विश्वास छ खेलाडीले यो शृंखलामा पनि राम्रो प्रदर्शन गर्नेछ ।’

‘सन्दीप र भिसाको कुरामा क्यान लागिरहेको छ । उताबाट ‘ग्रीन सिग्नल’ आइसकेको छ । आशा गरौं यो कुराको निवारण छिट्टै हुनेछ,’ पारसले थपे ।

अन्त्यमा खेलाडीलाई जितको शुभकामना दिँदै सदस्यसचिव टंकलाल घिसिङले नेपाल र क्रिकेट एकअर्काको पर्याय भएको र यसपालि पनि देशले क्रिकेटबाट आशा राखेको कुरा राखे ।

बिदाइ कार्यक्रममा आफ्नो धारणा राख्दै पारस खड्का, तस्विर क्यान । 

नेपालले क्यानाडामा एकदिवसीय शृंखलापछि ट्वान्टी-२० शृंखला पनि खेल्ने तालिका छ । नेपालले यो दुई टुरका लागि जगत टमाटालाई सल्लाहकार प्रशिक्षकका रुपमा नियुक्त गरेको छ ।

नेपाली टोली
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्लेल, आसिफ शेख, भीम सार्की, अनिल साह, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी करण केसी, गुल्शन झा, रिजन ढकाल, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, देव खनाल (ट्राभलिङ रिजर्भ)


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024