माघ २, २०८१ बुधबार | १०:१२:०५
एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि झापाको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल एपिएफको सानदार जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि झापाको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल एपिएफको सानदार जित

खराब ब्याटिङ गरेको नेपाल क्यानाडासँग पहिलो पटक पराजित

काठमाडौं । खराब ब्याटिङ गरेको नेपाल आईसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा क्यानाडासँग पहिलो पटक पराजित भएको छ ।

सोमबार क्यानाडाको किङ सिटीमा भएको खेलमा नेपाल एक सय ३ रनले पराजित भयो ।

पहिलो ब्याटिङ गरेको क्यानाडाले आठ विकेट गुमाउँदै दुई सय ५४ रनको लक्ष्य दिएको थियो । भ्रमणकारी टोली नेपाल ४०.१ ओभरमा अल आउट हुँदा मात्र एक सय ५० रन बनाउन सक्यो ।

यो खेलसँगै नेपाल तालिकाको सातौं स्थानमा छ । पाँच खेल खेलेको नेपाल एक जित, चार हारसँगै दुई अंक जोड्न पुग्यो । क्यानाडा भने जितले दोस्रो स्थानमा उक्लिएको छ । ९ मध्ये पाँच खेल जितेको क्यानाडाको १० अंक छ ।

क्यानाडाविरुद्ध कुनै पनि खेलाडीले ठूलो स्कोर बनाउन सकेनन् । त्यस्तै, ठूलो साझेदारी पनि हुन सकेन । माथिल्लो क्रमका कुनै पनि खेलाडीले प्रदर्शन राम्रो गर्न सकेनन् । 
तल्लो क्रमका सन्दीप लामिछाने र गुल्शन झाले सर्वाधिक ४० बलमा ४० रनको साझेदारी गरेका थिए । करण केसीले सर्वाधिक २७, सन्दीपले २२ र आरिफ शेखले २० रन बनाए । कप्तान रोहितकुमार पौडेल, ओपनर कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

क्यानाडाका डिलोन हेलिगरले सर्वाधिक पाँच विकेट हात पारेका थिए । अखिल कुमार र अन्स पटेलले समान दुई विकेट हात पारे ।

यसअघि टस जितेर सुस्त सुरुआत गरेको क्यानाडाले पछिल्लो क्रममा उत्कृष्ट प्रदर्शन गर्यो । पाँचौं नम्बरमा आएका कप्तान निकोलास किर्टनले सर्वाधिक ७३ रन बनाए । ओपनर नभनीत धलिवालले ४८ रन जोडे ।

नेपालका सोमपाल कामी र ललितनारायण राजवंशीले समान दुई विकेट लिए ।


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO