चैत्र १७, २०८२ मंगलबार | ०७:१८:२२
लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा

अस्ट्रेलियालाई एकदिवसीय शृखला

फाइल तस्विर ।

काठमाडौं । इङ्ल्यान्डविरुद्धको महिला एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला घरेलु टोली अस्ट्रेलियाले  एक खेल अगावै आफ्नो पक्षमा पारेको छ ।

मलेबर्नस्थित जंक्शन ओभलमा मंगलबार सम्पन्न दोस्रो एकदिवसीयमा अस्ट्रेलिया २१ रनले विजयी भयो ।

जितसँगै अस्ट्रेलियाले तीन खेलको एसेज शृंखलामा २-० को अग्रता लिएको छ । पहिलो खेलमा अस्ट्रेलिया चार विकेटले विजयी भएको थियो ।

अस्ट्रेलियाले प्रस्तुत गरेको १८१ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ४८.१ ओभरमा १५९ रनमै समेटियो ।  इङ्ल्यान्डका लागि एमी जोनसले अविजित ४७, नटालिया स्क्रिभर ब्रन्टले ३५, कप्तान हेदर नाइटले १८, माया बोचियर १७ र एलिस क्याप्सीले १४ रन बनाए ।

अस्ट्रेलियाका लागि एलना किंगले चार, किम गार्थले तीन तथा मेगन स्कट र एश्लेघ गार्डनरले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले ४४.३ ओभरमा सबै विकेट गुमाउँदै १८० रनको योगफल तयार पारेको थियो । अस्ट्रेलियाका लागि एलिस पेरीले ७४ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ६० रनको योगदान गरिन् ।

यसैगरी फोबी लिचफिल्ड र कप्तान एलिस हेलीले समान २९, एलान किंगले १३, बेथ मोनीले १२ तथा एनाबेल सदरल्यान्डले ११ रन बनाए ।

इङ्ल्यान्डका लागि सोफी एक्लेस्टोनले चार, एलिस क्याप्सीले तीन, लोरेन बेलले दुई र लोरेन फिलरले एक विकेट लिए ।

शृंखलाको तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ ।  


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो