चैत्र १२, २०८२ बिहीबार | १७:२२:४०
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

युवा महिला विश्वकपको ट्रफी सार्वजनिक, सबै कप्तानको सामूहिक फोटोसेसन

पेट्रोनास टावरको प्रांगढमा विश्वकप ट्रफीसहित सहभागी सबै १६ टिमका कप्तान । तस्बिर सौजन्यः आइसिसी

काठमाडौंं । मलेसियाको राजधानी क्वालालम्पुरको सिटीसेन्टरस्थित पेट्रोनास ट्विन टावरमा आइसिसी महिला यु-१९ विश्वकपको उपाधिका लागि प्रतिस्पर्धा गर्न तयार १६ टिमका कप्तानले संयुक्त रुपमा फेब्रुअरी २ मा जित्न सक्ने ट्रफी अनावरण गरेका छन् ।

शनिबारबाट सुरु हुने युवा महिला विश्वकपको दोस्रो संस्करणका लागि सबै १६ टोली आफूसँग भएका सर्वोत्कृष्ट १५ खेलाडीको समूह सहित क्वालालम्पुर पुगिसकेका छन् ।

प्रतियोगिता सुरु हुन चार दिनमात्र बाँकी रहँदा सबै टिमका कप्तानहरू मलेसियाको पहिचानका रुपमा रहेको ट्विन टावरको प्रांगढमा ट्रफीसहित संयुक्त फोटोसेसनका लागि उपस्थित भएका थिए ।

शनिबार सुरु भएर फेब्रुअरी १६ सम्म चल्ने प्रतियोगितामा कुल ४१ खेल हुनेछन् । जहाँ १६ टिमका गरि २४० खेलाडीले विश्व क्रिकेटमा आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन् ।

प्रतियोगिताका सहभागी  टिमलाई चार समूहमा विभाजित गरिएको छ । प्रत्येक समूहबाट शीर्ष तीन टोली दोस्रो चरण पुग्नेछन् । सुपरसिक्स नाम दिइएको दोस्रो चरणमा १२ टिमलाई दुई समूहमा विभाजित गरेर खेलाइनेछ । जहाँबाट प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

पेट्रोनास टावरको प्रांगढमा विश्वकप ट्रफीसहित सहभागी सबै १६ टिमका कप्तान । तस्बिर सौजन्यः आइसिसी

प्रतियोगिताको समूह ‘ए’ मा साविक विजेता भारतसहित आयोजक मलेसिया, श्रीलंका र वेस्ट इन्डिज छन् भने समूह ‘बी’ मा दुई वर्षअघि दक्षिण अफ्रिकामा भएको पहिलो संस्करणको उपविजेता इङ्ल्यान्ड, आयरल्यान्ड, पाकिस्तान र अमेरिका छन् ।

यसैगरी समूह ‘सी’ मा न्युजिल्यान्ड, नाइजेरिया, सामोआ र दक्षिण अफ्रिका छन् भने समूह ‘डी’ मा पहिलो पटक विश्वकपमा स्थान बनाएको नेपालसहित अघिल्लो संस्करण सेमिफाइनलसम्मको यात्रा गरेको अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन् ।

नेपालले शनिबार बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । समूह चरणको दोस्रो खेलमा नेपालले सोमबार स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणको अन्तिम खेलमा बुधबार नेपालको प्रतिद्वन्द्वी अस्ट्रेलिया हुनेछ । पहिलो चरणमा एक जित हासिल गर्न सके नेपालको सुपरसिक्स पुग्ने सम्भावना बलियो हुनेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो