माघ ११, २०८२ आइतबार | १०:४४:०८
इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य

युवा महिला विश्वकपको ट्रफी सार्वजनिक, सबै कप्तानको सामूहिक फोटोसेसन

पेट्रोनास टावरको प्रांगढमा विश्वकप ट्रफीसहित सहभागी सबै १६ टिमका कप्तान । तस्बिर सौजन्यः आइसिसी

काठमाडौंं । मलेसियाको राजधानी क्वालालम्पुरको सिटीसेन्टरस्थित पेट्रोनास ट्विन टावरमा आइसिसी महिला यु-१९ विश्वकपको उपाधिका लागि प्रतिस्पर्धा गर्न तयार १६ टिमका कप्तानले संयुक्त रुपमा फेब्रुअरी २ मा जित्न सक्ने ट्रफी अनावरण गरेका छन् ।

शनिबारबाट सुरु हुने युवा महिला विश्वकपको दोस्रो संस्करणका लागि सबै १६ टोली आफूसँग भएका सर्वोत्कृष्ट १५ खेलाडीको समूह सहित क्वालालम्पुर पुगिसकेका छन् ।

प्रतियोगिता सुरु हुन चार दिनमात्र बाँकी रहँदा सबै टिमका कप्तानहरू मलेसियाको पहिचानका रुपमा रहेको ट्विन टावरको प्रांगढमा ट्रफीसहित संयुक्त फोटोसेसनका लागि उपस्थित भएका थिए ।

शनिबार सुरु भएर फेब्रुअरी १६ सम्म चल्ने प्रतियोगितामा कुल ४१ खेल हुनेछन् । जहाँ १६ टिमका गरि २४० खेलाडीले विश्व क्रिकेटमा आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन् ।

प्रतियोगिताका सहभागी  टिमलाई चार समूहमा विभाजित गरिएको छ । प्रत्येक समूहबाट शीर्ष तीन टोली दोस्रो चरण पुग्नेछन् । सुपरसिक्स नाम दिइएको दोस्रो चरणमा १२ टिमलाई दुई समूहमा विभाजित गरेर खेलाइनेछ । जहाँबाट प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

पेट्रोनास टावरको प्रांगढमा विश्वकप ट्रफीसहित सहभागी सबै १६ टिमका कप्तान । तस्बिर सौजन्यः आइसिसी

प्रतियोगिताको समूह ‘ए’ मा साविक विजेता भारतसहित आयोजक मलेसिया, श्रीलंका र वेस्ट इन्डिज छन् भने समूह ‘बी’ मा दुई वर्षअघि दक्षिण अफ्रिकामा भएको पहिलो संस्करणको उपविजेता इङ्ल्यान्ड, आयरल्यान्ड, पाकिस्तान र अमेरिका छन् ।

यसैगरी समूह ‘सी’ मा न्युजिल्यान्ड, नाइजेरिया, सामोआ र दक्षिण अफ्रिका छन् भने समूह ‘डी’ मा पहिलो पटक विश्वकपमा स्थान बनाएको नेपालसहित अघिल्लो संस्करण सेमिफाइनलसम्मको यात्रा गरेको अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन् ।

नेपालले शनिबार बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । समूह चरणको दोस्रो खेलमा नेपालले सोमबार स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणको अन्तिम खेलमा बुधबार नेपालको प्रतिद्वन्द्वी अस्ट्रेलिया हुनेछ । पहिलो चरणमा एक जित हासिल गर्न सके नेपालको सुपरसिक्स पुग्ने सम्भावना बलियो हुनेछ । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate