भाद्र २३, २०८१ आइतबार | ०६:३५:४५
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

इङ्ल्यान्डलाई ट्वान्टी-२० शृंखला

काठमाडौं । घरेलु टोली इङ्ल्यान्डले न्युजिल्यान्डविरुद्धको महिला ट्वान्टी-२०अन्तर्राष्ट्रिय शृंखला आफ्नो पक्षमा पारेको छ ।

तेस्रो खेलमा इङ्ल्यान्ड ६ विकेटले विजयी भयो । जितसँगै इङ्ल्यान्ड पाँच खेलको शृंखलामा ३-० ले अघि बढेको छ ।

सेन्ट लरेन्स क्रिकेट मैदानमा न्युजिल्यान्डले प्रस्तुत गरेको १४२ रनको लक्ष्य इङ्ल्यान्डले चार बल बाँकी छँदा चार विकेट गुमाउँदै पूरा गर्यो ।

इङ्ल्यान्डका लागि एलिस क्याप्सीले ६० बलमा ६ चौका र एक छक्काको मद्दतले अविजित ६७ रनको योगदान गरिन् । यसैगरी सोफी डंकलीले ३५, एमी जोनसले १९ र फ्रेया केम्पले अविजित १६ रन बनाए ।

क्यास्पीले दोस्रो विकेटका लागि डंकलीसँग ६६ र चौथो विकेटका लागि जोनससँग ५४ रनको साझेदारी गरिन्  न्युजिल्यान्डका लागि फरान जोनसले दुई र हाना रोवीले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यन्डले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४१ रनको योगफल तयार पारेको थियो ।

न्युजिल्यान्डका लागि कप्तान सोफी डेभिनले ४२ बलमा सात चौका र दुई छक्काको मद्दतले अविजित ५८ रनको योगदान दिइन् । यसैगरी सुजी बेट्सले ३८ र एमेलिया केरले २३ रन जोडे ।

दोस्रो विकेटका लागि बेट्स र केरले ५२ रनको साझेदारी गरे । इङ्ल्यान्डका लागि सोफी इक्लेस्टोनले चार ओभरमा २५ रन खर्चिदै चार विकेट लिइन् । यसैगरी लरेन फिलरले दुई तथा फ्रेया कापक र सारा ग्लेनले समान एक विकेट लिए ।  

यसअघि इङ्ल्यान्ड ५९ र २३ रनले विजयी भएको थियो । शृंखलाको चौथो खेल शनिबार हुनेछ ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024