भाद्र २३, २०८१ आइतबार | ०६:३१:५०
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

द्रविडलाई भारत रत्नबाट सम्मान गर्नुपर्छः गावास्कर

काठमाडौं । भारतीय क्रिकेटका महान ब्याटर सुनील गावास्करले ट्वान्टी २० विश्वकप विजेता टिमका प्रशिक्षक राहुल द्रविड भारतीय नागरिकहरुले पाउन सबभन्दा ठूलो सम्मान भारत रत्नको हकदार रहेको बताएका छन् ।

द्रविडको प्रशिक्षण कालमा भारतले केही उल्लेख्य सफलता हासिल गरेको छ । जुनको अन्त्यमा अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गरेको २० ओभरको विश्वकपमा उपाधि जितेको भारतले द्रविडकै नेतृत्वमा गत वर्ष एकदिवसीय विश्वकप र विश्व टेस्ट च्याम्पियनसिपमा उपविजेताको सफलता पाएको थियो । गत वर्ष नै द्रविडको नेतृत्वमा भारतले एसिया कपको उपाधि जितेको थियो ।

राष्ट्रिय टिममा मुख्य प्रशिक्षकको जिम्मेवारी लिनुअघि पनि भारतीय क्रिकेटमा द्रविडको योगदान उल्लेख्य थियो । राष्ट्रिय क्रिकेट एकेडेमी (एनसिए)को क्रिकेट प्रमूखका रुपमा काम गर्नुका साथै उनले मुख्य प्रशिक्षकको हैसियतमा भारतीय युवा टिमलाई २०१८ को यु-१९ विश्वकपमा उपाधि जिताएका थिए ।

खेलाडीका रुपमा अन्तर्राष्ट्रिय क्रिकेटमा २४ हजार १ सय ७७ रन बनाएका द्रविडको प्रभाव भारतीय क्रिकेटमा मैदानभित्र र बाहिर सधै रहने गरेको छ ।

‘भारत सरकारले उनलाई भारत रत्नबाट सम्मान गर्नुपर्छ । उनी एउटा महान खेलाडी र कप्तान हुन् । एउटा खेलाडी र प्रशिक्षकका रुपमा उनले भारतीय क्रिकेटमा अतुलनीय योगदान गरेका छन्,’ गावास्करले भने, ‘द्रविडले क्रिकेटमार्फत विभिन्न भूमिकामा काम गरेर सम्पूर्ण भारतलाई खुसी दिएका छन् । सबै जात, धर्म, समुदाय र राजनीतिक विचारका भारतीयहरुलाई उनले खुसी दिएका छन् । उनी भारत रत्नका साचो हकदार खेलाडी हुन् ।’


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024