भाद्र २३, २०८१ आइतबार | ०६:४४:४०
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा

काठमाडौं । अफगानिस्तानलाई ९ विकेलटे हराउँदै दक्षिण अफ्रिका पहिलो पटक ट्वान्टी २० विश्वकपको फाइनलमा स्थान बनाएको छ ।  सन् २००७ को पहिलो संस्करणबाटै विश्वकप खेल्दै आएको दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा स्थान बनाएको हो । यसअघि टोली दुई पटक सेमिफाइनल पुगेको थियो । 

बिहीबार बिहान ट्रिनिडाड एण्ड टोबोगोको टरौबामा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ११.५ ओभरमा अल आउट हुँदा मात्र ५७ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा दक्षिण अफ्रिकाले ८.५ ओभरमा एक विकेट गुमाउँदै ६० रन बनाएको हो ।

अफगानिस्तान विश्वकपमा पहिलो पटक सेमिफाइनलमा पुगेको हो । फाइनल खेल्ने सम्भावना भने सकिएको छ । 

दक्षिण अफ्रिकाको लागि रिजा हेन्ड्रिकले २९ र कप्तान ऐडन मारक्रमले २३ रन बनाए ।

यसअघि तिव्रगतिका बलरले सानदार प्रदर्शन गरेपछि अफगानिस्तानको इनिङ्समा अजमतुल्लाह ओमार्जाइले मात्रै दश रन बनाए । दश खेलाडीले दोहोरो अंकमा रन छुनै सकेनन् । ओपनर रहमानुल्लाह गुर्वाजसहित तीन खेलाडी डकआउट भएका थिए ।

अफगानिस्तान ट्वान्टी २० आई क्रिकेटको इतिहासमै कम योगफल बनाउन पुग्यो । यसअघि टोलीे सन् २०१४ मा बंगलादेशविरुद्ध  ७२ मा समेटिएको थियो । विश्वकपमा बनेको यो सातौं कम योगफल हो । पहिलो पटक विश्वकप खेलेको युगान्डा वेष्ट इन्डिजविरुद्ध ३९ रनमा अलआउट भएको थियो ।

दक्षिण अफ्रिकाका तिव्रगतिका बलरले सात विकेट लिएका िथए । स्पिनरले तीन विकेट हात पारे । माक्रो जनसनले १६ रन खर्चिएर ३ विकेट लिए । स्पिनर साम्सीले पनि ६ रन दिएर ३ विकेट हात पारेका हुन् । कागिसो रबडाले तीन ओभरमा १४ रन दिँदै दुई, एनरिक नोर्टजीले तीन ओभरमा ७ रन खर्चदै दुई विकेट लिए । 

आजै राति हुने खेलबाट फाइनल पुग्ने अर्काे टोलीको टुंगो लाग्नेछ । दोस्रो सेमिफाइनलमा भारत र इङ्ल्यान्ड प्रतिस्पर्धा गर्नेछन् । 
 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024