भाद्र २३, २०८१ आइतबार | ०८:१७:०१
जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा

अस्ट्रेलियाविरुद्धको हारले इङ्ल्यान्ड दबाबमा

काठमाडौं । दुई खेलबाट एक अंक जोडेपछि साविक विजेता इङ्ल्यान्ड ट्वान्टी २० विश्वकपमा दबाबमा परेको छ । शनिबार राति भएको खेलमा इङ्ल्यान्ड अस्ट्रेलियासँग ३६ रनले पराजित भएको हो ।

समूह ‘बी’ मा रहेको इङ्ल्यान्डको दुई खेलबाट एक अंकसहित पुछारमा छ । समान खेलबाट अस्ट्रेलिया चार अंकसहित शीर्ष स्थान, स्कटल्यान्ड तीन अंकसहित दोस्रो र नामिबिया दुई अंकसहित तेस्रो स्थानमा छन् ।

पहिलो खेलमा वर्षा भएपछि इङ्ल्यान्डले स्कटल्यान्डविरुद्ध अंक बाढ्न बाध्य भएको थियो । विश्वकपको १७औं खेलमा पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले ७ विकेट गुमाउँदै दुई सय  २ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा इङ्ल्यान्डले ६ विकेट गुमाउँदा मात्र एक सय ६५ रन बनाउन सक्यो ।

इङ्ल्यान्डको इनिङ्समा कप्तान जस बट्लरले सर्वाधिक २८ बलमा ४२ रन जोडे । अर्का ओपनर फिल साल्टले ३७ रनको योगदान गरेका हुन् । दुई खेलाडीबीच पहिलो विकेटको लागि ७.१ ओभरमा ७३ रनको साझेदारी भएको थियो ।

मोइनालीले २५, ह्यारी ब्रोकले २० र लिअम लिभिघंस्टोनले मात्र १५ रन बनाए । अस्ट्रेलियाका प्याट कमिंन्स र एडाम जाम्पाले समान दुई विकेट हात पारेका हुन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाको लागि ओपनरद्वय ट्राभिस हेडले ३४, डेभिड वार्नरले ३९ रन बनाएका थिए । दुईबीच ७० रनको साझेदारी भएको हो । कप्तान मिचल मार्सले ३५ र ग्लेन म्याक्स्वेलले २८ तथा मार्कुस स्टोइनिसले ३० रन बनाए ।

मार्स र म्याग्स्वेलबीच ४९ बलमा ६५ रनको साझेदारी भएको थियो । इङ्ल्यान्डका क्रिस जोर्डनले सर्वाधिक दुई विकेट हात पारेका थिए ।

 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024