भाद्र २३, २०८१ आइतबार | ०८:१८:५९
जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा

सप्तरी प्रिमियर लिगः तिरहट टाइगर्स फाइनलमा

सप्तरीको । तिरहट टाइगर्स राजविराजमा जारी राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको फाइनल प्रवेश गरेको छ ।

शनिबार सम्पन्न रोमान्चक पहिलो क्वालिफायरमा तिरहटले छिन्नमस्ता लायन्सलाई ४ रनले पराजित गर्यो ।

आइतबार दोश्रो क्वालिफायरमा छिन्नमस्ता र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुनेछ। शनिबार नै सम्पन्न इलिमीनेटरमा कन्चनरुपले सनराइज११ तिलाठी कोइलाडीलाई तीन विकेटले हरायो ।

पब्लिक विन्देश्वरी मैदानमा तिरहट टाइगर्सले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याएको छिन्नमस्ताले पुरै २० ओभर ब्याटिङ गरे पनि ८ विकेट गुमाउँदै १६३ रन मात्र बनाउन सक्यो ।

सुमित नेवारले ३७ बलमा ४ चौका र ६ छक्का मद्दतले अविजित ७२ रन बनाए। मयन यादवले ३६ तथा विकास दासले २३ रन जोडे ।

तिरहटका अनिल यादवले ४, रुपेश सिंहले २ तथा दिपेश कँडेलले १ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको तिरहटले २० ओभरमा सबै विकेट गुमाउँदै १६७ रनको योगफल तयार पारेको थियो ।

तिरहटका लागि बसिर अहमदले सर्वाधिक ४२ बलमा ९ चौका र ३ छक्काको मद्दतले ७४ रन योगदान गरे । यसैगरी अमित यादवले ४२ रन बनाए ।

छिन्नमस्ता लायन्सका लागि फिर्दोश अन्सारीले सर्वाधिक तीन, मोहम्मद सोहेल र भीम सार्कीले समान २ विकेट तथा विशाल पटेलले १ विकेट लिए।

इलिमेनेटरमा सनराइज-११ ले प्रस्तुत गरेको  १२५ रनको लक्ष्य कन्चनरुप राइनोजले १५.१ ओभरमा ७ विकेट गुमाउँदै पुरा गर्यो।

कन्चनरुपका लागि ओपनर सुभ कंसकारले ४० बलमा ७ छक्का र ५ चौकाको मद्दतले सर्वाधिक ७१ रन बनाए। यसैगरी अरनिको यादवले २६ तथा राशिद खानले अविजित १० रन जोडे ।

सनराइज-११ का लागि  दिपेश सरदारले ३, नारायण जोशीले २ तथा तृतराज दास र विशाल सुश्लिंगले समान विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ रोजेको सनराइज-११ ले १५.२ ओभरमा सबै विकेट गुमाउँदै १२४ रनको योगफल तयार पारेको थियो।

सनराइज-११ का लागि तृतराज दासले सर्वाधिक २८ बलमा ५ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ५१ रनको योगदान गरे । यसैगरी अभिषेक तिवारीले ३० तथा विशाल सुश्लिंगले १२ रन बनाए।  

कन्चनरुपका दिनेश अधिकारीले ३ राहुल मण्डलले २, चित्रबहादुर विष्ट, उमेश चौधरी र अरनिको यादवले समान १ विकेट लिए।

 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024