भाद्र २३, २०८१ आइतबार | ०८:१५:३३
जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा

सप्तरी प्रिमियर लिग: छिन्नमस्ता र कन्चनरुप प्लेअफमा

सप्तरी ।  राजविराजमा जारी राजविराज मेयर कप सप्तरी प्रिमियर लिगमा बुधबार कन्चनरुप राइनोज र छिन्नमस्ता लायन्स विजयी भएका छन्।

कन्चनरुपले राजविराज राजदेवी-११ तथा छिन्नमस्ताले बलान बिहुल सुपर किंग्सलाई पराजित गरे।

दिनको पहिलो खेलमा कन्चनरुप राइनोजले राजविराज राजदेवी-११ लाई ६ विकेटले पराजित गर्यो।

जितसँगै चार खेलमो ६ अंकका साथ दोस्रो स्थानमा रहेको कन्चनरुप राइनोजले प्लेअफमा स्थान सुरक्षित गरेको छ। हारसँगै समान खेलबाट दुई अंक जोडेको राजविराज राजदेवी पाँचौ स्थानमा छ।

राजविराज राजदेवीले प्रस्तुत गरेको १५५ रनको लक्ष्य कन्चनरुप राइनोजले १७ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।

कन्चनरुपका लागि ओपनर सुभ कंसकारले  ५३ बलमा समान आठ चौका र छक्काको मद्दतले सर्वाधिक ९३ रनको योगदान गरे । यसैगरी राकेश कामतले २४ तथा राहुल मण्डलले अविजित २५ रन बनाए।

राजविराज राजदेवीका लागि विजय यादवले दुई तथा श्रवन यादव र जितेन्द्र यादवले समान एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेकोको राजविराज राजदेवीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रनको योगफल तयार पारेको थियो ।

राजविराज राजदेवीका लागि श्रवन यादवले सर्वाधिक ३० बलमा ६ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ५५ रनको योगदान गरे । यसैगरी हिमांशु दत्ताले ३१, मन्नु दासले १५ तथा रिजन ढकालले १४ रन बनाए।

कन्चनरुपका लागि कप्तान राशिद खान र चित्रबहादुर विष्ट समान दुई तथा दिनेश अधिकारी र अरनिको यादवले एक विकेट लिए।

यसैगरी दोश्रो खेलमा छिन्नमस्ता लायन्सले बलान बिहुल सुपर किंग्सलाई ३७ रनले पराजित गर्यो।

छिन्नमस्ता लायन्सले प्रस्तुत गरेको १४० रनको लक्ष्य पछ्याएको बलान बिहुल १७.१ ओभरमा १०२ रनमै समेटियो ।

बलान बिहुलको लागि साहिल पटेलले सर्वाधिक २३, साहब आलमले अविजित १६, तुल बहादुर थापाले १५ तथा बब्बु गोठीयाले १४ रन बनाए ।

छिन्नमस्ताका लागि फिर्दोश अन्सारीले सर्वाधिक तीन, मोहम्मद सोहेल र गुनंद रेले समान दुई तथा विशाल पटेल र रेवती रेले समान एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको छिन्नमस्ताले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३९ रनको योगफल तयार पारेको थियो ।  

छिन्नमस्ताका लागि मायन यादवले सर्वाधिक ३२, विशाल पटेलले अविजित २९, फिर्दोश अन्सारी र विकाश दासले समान २२ रन बनाए।

बलान बिहुलका लागि  साहब आलम र बब्बु गोठीयाले समान दुई तथा विवेक यादव, नितेश यादव र गोमानन्द अमात्यले समान एक विकेट लिए।

जितसँगै चार खेलमा सात अंक जोडेको छिन्नमस्ता शीर्ष स्थानमा छ। एक खेल अगावै छिन्नमस्ताले प्लेअफमा स्थान सुरक्षित गरेको छ। यस्तै,चारवटै खेलमा हार ब्यहोरेको बलान बिहुलको प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ।

प्रतियोगितामा बिहीबार सनराइज-११ तिलाठी कोइलाडी र कन्चनरुप राइनोज तथा छिन्नमस्ता लायन्स र तिरहट टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024