भाद्र २३, २०८१ आइतबार | ०८:२१:३८
जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा

सप्तरी प्रिमियर लिगः कन्चनरुपको रोमाञ्चक जित

सप्तरी । राजविराजमा जारी सप्तरी प्रिमियर लिगको छैठौं संस्करणमा सोमाबार कन्चनरुप राइनोज तिरहट टाइगर्सविरुद्ध दुई रनको रोमाञ्चक जित निकालेको छ ।

जितसँगै तीन खेलमा चार अंकका साथ कन्चनरुप ४ दोश्रो स्थानमा छ । पराजित तिरहट दुई खेलमा दुई अंक जोडेर तेस्रो स्थानमा छ ।

कन्चनरुप राइनोजले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याएको तिरहटले टाइगर्सले २० ओभर नै ब्याटिङ गरे पनि सबै विकेट गुमाउँदै १६५ रन बनायो ।

अन्तिम तीन बलमा जितको लागि जितको लागि १७ रन आवश्यक  हुँदा रुपेश सिंहले लगातार दुई छक्का प्रहार गर्दै खेललाई रोमान्चक मोड रोमाञ्चक मोडमा पुर्याएका थिए। तर अन्तिम बलमा उमेश चौधरीले दुई रन मात्र खर्चिंदा कन्चनरुपले रोमाञ्चक जित दर्ता गर्यो।

तिरहटको लागि रुपेश सिंहले १८ बलमा तीन छक्का र दुई चौकाको मद्दतले सर्वाधिक ३३ रनको योगदान गरे । यसैगरी भोलाकुमार साहले ३२, अभिषेक कार्की र शंकर रानाले समान २४ रन बनाए ।

कन्चनरुपका लागि राहुल मण्डलले सर्वाधिक तीन राशिद खानले दुई तथा दिनेश अधिकारी, चित्र विष्ट र उमेश चौधरीले समान एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ कन्चनरुप राइनोजले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६७  रनको योगफल तयार पार्यो ।

कन्चनरुपका लागि ओपनर राकेश कामतले ४५ बलमा ७ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ६४ रनको योगदान गरे । यसैगरी सुभ कंसकारले ३२, राशिद खानले २४ तथा कर्ण विकले १६ रन योगदान दिए।

तिरहुट टाइगर्सका लागि  रुपेश सिंह र बसिर अहमदले समान दुई विकेट लिए। अनिल यादव र दिपेश कँडेलले समान एक विकेट लिए।

आजको छिन्नमस्ता लायन्स र सनराइज ११ तिलाठी कोइलाडीबीचको दोश्रो खेल भने  वर्षा र हावाहुरीको कारण  विना नतिजा टुंगिएको छ ।

छिन्नमस्ता लायन्सले प्रस्तुत गरेको १९९ रनको लक्ष्य पछ्याइरहेको  सनराइज-११ ३.३ ओभरमा तीन विकेट गुमाएर ३२ रन बनाएको अवस्थामा खेल रोकिएको थियो। त्यसपछि पुनः खेल सुरु हुन नसक्दा दुवै टिम अंक बाँड्न बाध्य भएका हुन्।

छिन्नमस्ताका लागि  बिशाल पटेलले दुई तथा मोहम्मद सोहेलले एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ राेजेको छिन्नमस्ता लायन्सले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९८ रनको योगफल तयार पारेको थियो ।

छिन्नमस्ताका लागि मायन यादवले ५९ बलमा आठ छक्का र सात चौकाको मद्दतले अविजित ११० रनको योगदान गरे । यसैगरी भीम सार्कीले ४१ र फिर्दोश अन्सारीले १२ रन बनाए ।

सनराइज ११ का लागि  विशाल सुश्लिंगले तीन, तृतराज दास, अविशेक तिवारी र विकाश दासले समान एक विकेट लिए ।

यो नितजापछि तीन खेलबाट पाँच अंकका साथ शीर्ष स्थानमा छ । सनराइज ११ दुई खेलबाट १ अंकका साथ पाँचौं स्थानमा छ ।

छिन्नमस्ता ५ अंक सहित अंक तालिकाको शिर्ष स्थानमा छ। सनराइज एघार २ खेलमा १ जित र १ नतिजविहिन खेल पछि १ अंक सहित पाँचौ स्थानमा छ।

प्रतियोगितामा मंगलबार सनराइज-११ तिलाठी कोइलाडी र बलान बिहुल सुपर किंग्स तथा राजविराज राजदेवी-११ र तिरहट टाइगर्स भिड्नेछन् ।

 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024