टिम पेन

पेनको राजिनामा

क्यानबेरा । महिला सहकर्मीलाई अश्लिल सन्देश पठाएको घटना सार्वजनिक भएपछि अस्ट्रेलियन टेस्ट क्रिकेट टोलीका कप्तान टिम पेनेले एसेस टेस्ट शृंखलाको पूर्वसन्ध्यामा पदबाट राजिनामा दिएका छन् ।

३६ वर्षिय पेनले शुक्रबार पत्रकार सम्मेलन गर्दै राजिनामाको घोषणा गरेका हुन् । यद्धपी पेनले छनोटका लागी भने आफू उपलब्ध रहेको प्रस्ट पारे ।

पेनले सन् २०१८ मा दक्षिण अफ्रिका भ्रमणका दौरान तत्कालिन कप्तान स्टिभ स्मिथ बल टेम्परिङ प्रकरणमा दोषी देखिएपछि अस्ट्रेलियाको टेस्ट टोलीको नेतृत्व सम्हाल्दै आएका थिए ।

‘कप्तानबाट राजिनामा दिनु निकै कठिन भए पनि यो म, मेरो परिवार र क्रिकेटका लागी सही निर्णय हो,’ पेनले भने ।

पेनले सन् २०१७ मा महिला सहकर्मीलाई अश्लिल सन्देश पठाएको घटना सार्वजनिक भएपछि  कप्तानको पद त्यागेको बताए ।

पेनले २३ टेस्ट खेलसम्म अस्ट्रेलियाको कप्तान रहँदा टोली ११ खेलमा जित र आठ खेलमा पराजित भएकाे थियो ।