त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला

रोहित अर्धशतक बनाएर आउट

काठमाडौं । नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरेका छन् । अर्धशतक प्रहार गरे लगत्तै उनी आउट पनि भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १८५ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि रोहितले ३५ बलमा ६ चौका र दुई छक्काको मद्दतले अर्धशत पूरा गरेका हुन् । अन्तर्राष्ट्रिय ट्वान्टी २० मा रोहितको यो छैटौं अर्धशतक हो ।

रोहितलाई साइब्रान्ड एङ्गेलब्रेख्तले विकटकिपर स्कट एड्वार्डसबाट क्याच गराए ।