असार १, २०८२ आइतबार | १४:१५:०५
यु-२० टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए १० खेलाडी दोस्रो एकदिवसीयमा दक्षिण अफ्रिका विजयी दिवस श्रेष्ठले जिते एनएसडब्लु कपमा स्वर्ण राउल एसेन्सियो सन् २०३१ सम्म रियाल मड्रिडमै रहने बराबरीमा रोकिए इन्टर मियामी र अल अहली एपिएफलाई उपाधि, निरुता सर्वोत्कृष्ट खेलाडी रेखा पौडेलसम्मिलित अबुधाबी कन्ट्री युएई महिला लिग च्याम्पियन रिसोन थापा र रिया श्रेष्ठलाई जुनियर चेस उपाधि एचएचसिए र भ्याली पब्लिकले जिते निब्स कप दक्षिण अफ्रिकालाई विश्व टेस्ट च्याम्पियनसिपको उपाधि यु-२० टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए १० खेलाडी दोस्रो एकदिवसीयमा दक्षिण अफ्रिका विजयी दिवस श्रेष्ठले जिते एनएसडब्लु कपमा स्वर्ण राउल एसेन्सियो सन् २०३१ सम्म रियाल मड्रिडमै रहने बराबरीमा रोकिए इन्टर मियामी र अल अहली एपिएफलाई उपाधि, निरुता सर्वोत्कृष्ट खेलाडी रेखा पौडेलसम्मिलित अबुधाबी कन्ट्री युएई महिला लिग च्याम्पियन रिसोन थापा र रिया श्रेष्ठलाई जुनियर चेस उपाधि एचएचसिए र भ्याली पब्लिकले जिते निब्स कप दक्षिण अफ्रिकालाई विश्व टेस्ट च्याम्पियनसिपको उपाधि

मधेशले एपिएफलाई हरायो

काठमाडौं । मधेश प्रदेशले प्रभानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपिएफ क्लबमाथि पाँच विकेटको जित निकालेको छ । 

जितसँगै मधेशले चार खेलमा चार अंक जोडेको छ । पहिलो पराजय ब्यहोरेको एपिएफको तीन खेलबाट चार अंक नै छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपिएफले प्रस्तुत गरेको २ सय ४७ रनको लक्ष्य मधेशले ४८ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।

मधेशका लागि रुपेश सिंहले ७२ बलमा चार चौका र तीन छक्काको मद्दतले अविजित ७२ रनको योगदान गरे । पवन सराफले ६६ बलमा पाँच छक्का र चार चौकाको मदद्तले ६४ रन बनाए ।

यसैगरी निरज यादवले ७० बलमा तीन चौका र दुई छक्काको मद्दतले ५२, अनिल शाहले २९ र अविशेक तिवारीले अविजित १३ रन बनाए ।

पाँचौं विकेटका लागि रुपेश र निरजले ८७ तथा चौथो विकेटका लागि पवन र निरजले ५९ रनको साझेदारी गरे । एपिएफका लागि रमेश कुर्मी र कप्तान रोहितकुमार पौडेलले समान दुई तथा श्याम ढकाल (मौसम) ले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित ५० ओरभमा नौ विकेट गुमाउँदै २ सय ४६ रनको योगफल तयार पारेको थियो ।

एपिएफका लागि आसिफ शेखले ६९ बलमा पाँच चौका र तीन छक्काको मद्दतले सर्वाधिक ५९ रनको योगदान गरे । रोहितकुमार पौडेलले ७४ बलमा पाँचा चौका र दुई छक्काको मद्दतले ५८, अमरसिंह रौटेलाले अविजित ४९ र सन्दीप जोराले २० रन बनाए ।

दोस्रो विकेटका लागि आसिफ र रोहितले १ सय ३१ रनको साझेदारी गरे । मधेशका लागि रुपेश सिंह र प्रदीप पास्वानले समान तीन, रञ्जित कुमारले दुई तथा अर्निको यादवले एक विकेट लिए । 
 


भिडियो
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?