असार ३०, २०८२ सोमबार | १२:२१:१७
सिनरलाई पहिलो पटक विम्बल्डन उपाधि चेल्सी क्लब विश्वकप च्याम्पियन नेपालमा पहिलो पटक महिला भलिबल खेलाडीको अक्सन हुने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो हिमालयन शेर्पा अन्तिम सकेन्ड्समा सम्हालिन नसक्दा बंगलादेशसँग हार्यो नेपाल सञ्जीत सिंह यु–१७ राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक साफ यु-२० च्याम्पियनसिपः श्रीलंकाविरुद्ध भुटानको सहज जित सातदोबाटोको पोस्टमा एक दर्जन गोल गर्दै मछिन्द्र उक्लियो शीर्ष स्थानमा विश्वकप छनोटको प्रशिक्षणमा ३२ खेलाडी नरेश थापा यु–१७ राष्ट्रिय महिला टोलीको सहायक प्रशिक्षक, निरुलाई टिम म्यानेजरको जिम्मेवारी सिनरलाई पहिलो पटक विम्बल्डन उपाधि चेल्सी क्लब विश्वकप च्याम्पियन नेपालमा पहिलो पटक महिला भलिबल खेलाडीको अक्सन हुने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो हिमालयन शेर्पा अन्तिम सकेन्ड्समा सम्हालिन नसक्दा बंगलादेशसँग हार्यो नेपाल सञ्जीत सिंह यु–१७ राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक साफ यु-२० च्याम्पियनसिपः श्रीलंकाविरुद्ध भुटानको सहज जित सातदोबाटोको पोस्टमा एक दर्जन गोल गर्दै मछिन्द्र उक्लियो शीर्ष स्थानमा विश्वकप छनोटको प्रशिक्षणमा ३२ खेलाडी नरेश थापा यु–१७ राष्ट्रिय महिला टोलीको सहायक प्रशिक्षक, निरुलाई टिम म्यानेजरको जिम्मेवारी

अस्ट्रेलियालाई उपाधि जित्न २४१ रनको मध्यम लक्ष्य

काठमाडौं । घरेलु टोली भारतले अस्ट्रेलियालाई एकदिवसीय विश्वकप २०२३ को उपाधि जित्न २४१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय रंगशालामा जारी फाइनलमा भारत र अस्ट्रेलियाबीच प्रतिस्पर्धा भइरहेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा अल आउट हुँदै २४० रन बनाएको हो ।

भारतले १०.२ ओभरमा तीन विकेट गुमाएर ८१ रन जोड्दा शुभमन गील, कप्तान रोहित शर्मा र पछिल्लो खेलमा शतक बनाएका श्रयेस ऐयरलाई गुमाएको थियो । रोहितले चार चौका र तीन छक्काको मद्धतमा ४७ रन बनाउँदा गील र ऐयरले समान चार रन मात्र जोड्न सके ।

तेस्रो नम्बरमा आएका विराट कोहली र पाचौं नम्बरमा आएका के एल राहुलले पारी सम्हाले । जारी विश्वकपमा उत्कृष्ट लयमा रहेका कोहलीले ६३ बलमा चार चौकाको मद्धतमा ५४ रनको अर्धशतकीय पारी खेले । उनी कप्तान प्याट कमिन्सको शिकार बनेका थिए ।

उता १०७ रनमा एक चौका प्रहार गरेका राहुलले पनि ६६ रनको अर्धशतकीय पारी खेले । राहुल मिचेल स्टार्कको बलमा जोश इङ्लिशबाट क्याच आउट भए । यसबाहेक सुर्यकुमार यादवले १८ रन बनाउँदा कुल्दीप यादवले १० रन जोडे । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

अस्ट्रेलियाका लागि मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिए । जश हेजलउड र कप्तान प्याट कमिन्सले समान दुई विकेट लिँदा ग्लेन म्याक्सवेल र एडम जाम्पाले एक–एक विकेट लिए ।

दुई टोली दोस्रो पटक फाइनलमा प्रतिस्पर्धा गरिरहेका छन् । सन् २००३ मा दुईबीच फाइलनमा भिडन्त भएको थियो । अस्ट्रेलिया एक सय २५ रनले विजयी भएको थियो ।

एकदिवसीय विश्वकपमा भारत चौथो र अस्ट्रेलिया आठौं पटक फाइनल खेलिरहेका छन् । यसअघि भारत सन् १९८३, २००३ र २०११ मा फाइनल खेलेको थियो । आठौं पटक फाइनलमा स्थान बनाएको अस्ट्रेलियाले  सात मध्ये पाँच फाइनल जितेको छ ।

अस्ट्रेलिया पछिल्लो २७ वर्ष फाइनलमा पराजित भएको छैन । २४ वर्षमा पछिल्लो चार फाइनल जितेको छ । सन् १९९६ मा पछिल्लो पटक श्रीलंकासँग फाइनलमा पराजित भएको थियो ।

दुईबीच पछिल्लो भेट चेन्नईमा भएको थियो । लिग चरणमा भारत ६ विकेटले विजयी भयो । अस्ट्रेलिया र भारतबीच हालसम्म एक सय ५० खेल भएका छन् । जसमा बढी अस्ट्रेलियाले ८३ र भारतले ५७ खेल जितेको छ । १० खेल अनिर्णित बनेका छन् ।
 


भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH