श्रावण १०, २०८२ शनिबार | ०१:२०:२०
साफ यु-२०ः ढाकाबाट नेपाली चेलीहरूले ल्याएको सन्देश के ? आत्मकथा शृंखला-९ः नियम थाहा नहुँदा फुटबलमा बारम्बार झगडा हुन्थ्यो युरोमा भिड्दै इङ्ल्यान्ड र स्पेनका महिला टिम फ्रेन्चाइज महिला भलिबलको दोस्रो संस्करणः यस्ता छन् अक्सनपछिका फ्रेन्चाइज टोली रक्षक क्रिस्टियन मोस्केरा आर्सनलमा अनुबन्ध पुलिसको सहज जित शेर्पालाई हराउँदै मनाङ उक्लियो तेस्रो स्थानमा एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं उपत्यका बाहिर हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा चार नेपाली खेलाडी आर्मीको पुनरागमन जित साफ यु-२०ः ढाकाबाट नेपाली चेलीहरूले ल्याएको सन्देश के ? आत्मकथा शृंखला-९ः नियम थाहा नहुँदा फुटबलमा बारम्बार झगडा हुन्थ्यो युरोमा भिड्दै इङ्ल्यान्ड र स्पेनका महिला टिम फ्रेन्चाइज महिला भलिबलको दोस्रो संस्करणः यस्ता छन् अक्सनपछिका फ्रेन्चाइज टोली रक्षक क्रिस्टियन मोस्केरा आर्सनलमा अनुबन्ध पुलिसको सहज जित शेर्पालाई हराउँदै मनाङ उक्लियो तेस्रो स्थानमा एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं उपत्यका बाहिर हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा चार नेपाली खेलाडी आर्मीको पुनरागमन जित

चलेन नेपालको ब्याटिङ, २९ रन जोड्दा पाँच विकेट गयो

काठमाडौं । चार देशसम्मिलित ट्वान्टी २० शृंखलाको पहिलो खेलमा तान्जेनियाविरुद्ध नेपालले खराब प्रदर्शन गरेकोछ । जितका लागि एक सय १६ रनको लक्ष्य पछ्याएको नेपालले पाँच विकेट गुमाएर २९ रनमात्रै बनाएको छ । सात ओभरमा मात्रै खेल सकिएको छ ।

नेपालका तीन खेलाडी शुन्यमा पेभिलियन फर्किएका छन् । ओपनर पुजा महतो तीन, विन्दु रावल शुन्य, सम्झना खड्का शुन्य र पूर्व कप्तान रुविना क्षेत्री शुन्यमा रन आउट भएकी छिन् । ९ रन बनाएकी काजल श्रेष्ठ पनि रन आउट भइन् । कप्तान इन्दु बर्मा र सिता राना मगर क्रिजमा छन् ।

तान्जेनियाकी निमा पिउसले दुई तथा पेरिक जाकायोले एक विकेट लिएका छन् ।

यसअघि हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर ब्याटिङ गरेको तान्जेनियाले सात विकेट गुमाउँदै निर्धारित २० ओभरमा एक सय १५ रन बनाएको थियो ।

तान्जेनियाको लागि हुदा ओमारीले सर्वाधिक २५ रन बनाइन् । २६ बलमा दुई चौका प्रहार गरेकी ओमारीलाई अस्मिना कर्माचार्यले रन आउट गराइन् ।

ऐशा मोहमदले २१ रन बनाइन् । २१ बलमा एक चौका प्रहार गरेकी ऐशालाई इन्दु बर्माले आफ्नै बलमा क्याच गरिन् । साउम एमताईले १६ रन बनाइन् । २५ बल खेलेकी साउमलाई सिंगता राईले काजल श्रेष्ठले स्टम्पिङ गरिन् । ओपनर तथा कप्तान फातुमा किवासुलाई रुविना क्षेत्री बेलवासेले ११ रन बनाउँदा बोल्ड गरिन् ।

तेस्रो नम्बर क्रिजमा पुगेकी मोनिका पास्कललाई संगिताले कप्तान इन्दु बर्माबाट १० रन बनाउँदा क्याच आउट गरिन् । ६ रन बनाएकी नीमा पिउसलाई इन्दु बर्माले रुबिनाबाट रन आउट गरिन् ।  

९ रन बनाएकी पेरिक जाकायोलाई पुजा महतोले रुबिनाबाट क्याच आउट गराइन् ।

नेपालको लागि संगिता राईले सर्वाधिक दुई विकेट लिइन् । पूर्व कप्तान रुबिना क्षेत्री, पुजा महतो र कप्तान इन्दु बर्माले समान एक विकेट लिए ।

नेपालविरुद्ध खेल्दै तान्जेनियाका पेरिका जाकायो र शेइला किजितोले डेब्यु गरेका छन् ।

नेपाली टोली इन्दु बर्माको कप्तानीमा पहिलो जित निकाल्ने दाउँमा छ । नेपाल क्रिकेट संघ (क्यान)ले इन्दुलाई पहिलो पटक कप्तानी जिम्मेवारी दिएको थियो । एक दशकदेखि कप्तानी जिम्मेवारी लिएकी अर्की अलराउन्डर रुबिना क्षेत्रीलाई पदमुक्त गराउँदै क्यानले इन्दुलाई जिम्मेवारी दिएको हो ।

प्रशिक्षकमा मनोज कटवाल पनि डेब्यु जितको खोजीमा छन् । कटवाल पहिलो जित निकाल्दै सानदार सुरुआत गर्ने दाउमा छन् । नेपाल पुलिस क्लब र चितवन राइनोजको प्रशिक्षक सम्हालेका कटवाल घरेलु क्रिकेटमा सफल प्रशिक्षक मध्येका एक हुन् ।

नेपालको कप्तानी इन्दुले गरेपनि रुविनासहित सिता राना मगर जस्ता सिनियर खेलाडीको साथ टोलीलाई हुनेछ । उपकप्तान बिन्दु रावलसहित अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, खुसी डंगोल, पुजा महतो, रोमा थापा, सम्झना खड्का, संगिता राई, सोनी पाख्रिन र सोमु विष्ट छन् ।

नेपाल र तान्जेनिया पहिलो पटक भिडिरहेका छन् । हालसम्म दुई देशबीच प्रतिस्पर्धा भएको छैन । फातुमा किबासुको कप्तानीमा रहेको तान्जेनिया आईसिसी वरियतामा १९औं र नेपाल २१औं स्थानमा छ ।  नेपालले यसपछि शृंखलामा आयोजक  हङकङ र जापानसँग खेल्नेछ ।

तालिकामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि नोभेम्बर १९ मा प्रतिस्पर्धा गर्नेछन् । 
 


भिडियो
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081
SAMISKHA GHIMIRE प्याट्रिक कोचको ट्रेनिङ अझै पनि याद आउँछ, सबैलाई माया र हौसला दिनुहुन्थ्यो ll
स्पोर्टस अवार्डसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी छौं ll A.GOLCHHA DIRECTOR, GOLCHHA GROUP
NPL को दोस्रो SEASON अझै उत्कृष्ट र विशेष हुनेछ :PARAS KHADKA ll Secretary ll CANV
DEEPAK BISTA भन्छन्ः पहिला तयारीमै हारिसकेका हुन्थ्यौं, यसपालीबाट तयारीदेखि नै जित्ने वातावरण बन्दैछ
हामीसँग विश्वकै सर्वोत्कृष्ट सामाग्री छन् ।। RAJENDRA TULADHAR ।। HOD ।। HIGH PERFORMANCE CENTER
HIGH PERFORMANCE CENTER तयार, अब नेपाली खेलाडीले विश्वस्तरीय TRAINING पाउने