काठमाडौं । साबिक विजेता इङ्ल्यान्डले भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा पाकिस्तानमाथि ९३ रनको जित निकालेको छ ।
पाकिस्तानको यो हारसँगै न्युजिल्यान्ड सेमिफाइनल प्रवेश गरेको छ । जितसँगै नौ खेलमा ६ अंक जोडेको इङ्ल्यान्डले च्याम्पियन्स ट्रफीमा स्थान पक्का गरेको छ । हारसँग समान खेलमा आठ अंक जोडेको पाकिस्तान पाँचौं स्थानमा रह्यो ।
कोलकातास्थित इडेन गार्डेनमा इङ्ल्यान्डले प्रस्तुत गरेको ३ सय ३८ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४३.३ ओभरमा २ सय ४४ रनमा समेटियो ।
पाकिस्तानका लागि अघा सल्मानले ४५ बलमा ६ चौका र एक छक्काको मद्दतले सर्वाधिक ५१ रनको योगदान गरे । यसैगरी कप्तान बाबर आजमले ३८, मोहम्मद रिजवानले ३६, हरिस रौफले ३५, साउद सकिलले २९, शाहिन शाह अफ्रिदीले २५ रन र मोहम्मद वासिमले अविजित १६ रन बनाए ।
१० औं विकेटका लागि रौफ र वासिमले ५३ तथा तेस्रो विकेटका लागि आजम र रिजवानले ५१ रनको साझेदारी गरे ।
इङ्ल्यान्डका लागि डेविड विलीले तीन, गस एट्किन्सन आदिल राशिद र मोइन अलीले सामना दुई तथ क्रिस बोक्सले एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै ३ सय ३७ रनको योगफल तयार पारेको थियो ।
इङ्ल्यान्डका लागि बेन स्टोक्सले ७६ बलमा ११ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ८४ रनको योगदान गरे । जो रुटले ७२ बलमा चार चौकाको मद्दतले ६० रन बनाए ।
यसैगरी जोनी बेयरिस्टोले ६१ बलमा सात चौका र एक छक्काको मद्दतले ५९, डेविड मलानले ३१, ह्यारी ब्रुक्सले ३०,कप्तान जोस बट्लरले २७ र डेविड विलीले १५ रन बनाए ।
तेस्रो विकेटका लागि स्टोक्स र रुटले १ सय ३२ तथा पहिलो विकेटका बेयरिस्टो र मलानले ८२ रनको साझेदारी गरे ।
पाकिस्तानका लागि हरिस रौफले तीन, मोहम्मद वासिम र शाहिन शाह अफ्रिदीले समान दुई र इफ्तिखर अहमदले एक विकेट लिए ।